Play

नवौं राष्ट्रिय खेलकुद: टेबुल टेनिस पुरुष तथा महिला सिंगल्स ईभेन्ट जारी

गुरुकुल खबर


पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद टेबुल टेनिस प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स ईभेन्ट जारी छ ।

रामबजार नजिक रहेको कोल्मा बहाकोट तमु समाज भवनमा जारी प्रतियोगितामा पुरूष सिंगल्स तर्फ आ आफ्ना प्रतिद्धन्दिलाई पराजित गर्दै नेपाल प्रहरीका स्यान्टो श्रेष्ठ, विनेश खनिया, संयोग कपाली र प्रदिप रोका, बाग्मति प्रदेशका चन्दन शाही, रितिज जोशी, सुनिल महर्जन र एलेक्स महर्जन, प्रदेश नं १ का बोधित डिसी, शसस्त्र प्रहरीका हिमाल विस्ट, दिलोस श्रेष्ठ, शिवसुन्दर गोथे र रूविन महर्जन, एनआरएनएका प्रतिक थापा, दिप सावन र त्रिभुवन आर्मी क्लवका नारायण घिमिरे प्रि क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

यसैगरी महिला सिंगल्स तर्फ नेपाल प्रहरीकी नविता श्रेष्ठ, शुभाश्री श्रेष्ठ, मन्जु सुुवाल र एलिना श्रेष्ठ, त्रिभुवन आर्मी क्लवकी सुस्मिता खड्का, रविना महर्जन, स्वेच्छा नेम्वाङ, शसस्त्र प्रहरीकी दिक्षा तामाङ, ईभाना सुवाल, वियंका राई, र अनिता महर्जन, लुम्बिनी प्रदेशकी रोशनी अधिकारी, बाग्मति प्रदेशकी अन्जु सुवाल र दिया देवल र प्रदेश नं १ की सुलेखा ठाकुर प्रि क्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।

पुरुष तथा महिला सिंगल्स ईभेन्ट बुधबार सम्म जारी रहने राष्ट्रिय टेवल टेनिस खेलका कोर्डिनेटर सन्तोष चापाँगाईले जानकारी दिए ।

३१ आश्विन २०७९, सोमबार २०:३७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा