Play

नवौं राष्ट्रिय खेलकुद: टेबुल टेनिस पुरुष तथा महिला सिंगल्स ईभेन्ट जारी

गुरुकुल खबर


पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद टेबुल टेनिस प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स ईभेन्ट जारी छ ।

रामबजार नजिक रहेको कोल्मा बहाकोट तमु समाज भवनमा जारी प्रतियोगितामा पुरूष सिंगल्स तर्फ आ आफ्ना प्रतिद्धन्दिलाई पराजित गर्दै नेपाल प्रहरीका स्यान्टो श्रेष्ठ, विनेश खनिया, संयोग कपाली र प्रदिप रोका, बाग्मति प्रदेशका चन्दन शाही, रितिज जोशी, सुनिल महर्जन र एलेक्स महर्जन, प्रदेश नं १ का बोधित डिसी, शसस्त्र प्रहरीका हिमाल विस्ट, दिलोस श्रेष्ठ, शिवसुन्दर गोथे र रूविन महर्जन, एनआरएनएका प्रतिक थापा, दिप सावन र त्रिभुवन आर्मी क्लवका नारायण घिमिरे प्रि क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

यसैगरी महिला सिंगल्स तर्फ नेपाल प्रहरीकी नविता श्रेष्ठ, शुभाश्री श्रेष्ठ, मन्जु सुुवाल र एलिना श्रेष्ठ, त्रिभुवन आर्मी क्लवकी सुस्मिता खड्का, रविना महर्जन, स्वेच्छा नेम्वाङ, शसस्त्र प्रहरीकी दिक्षा तामाङ, ईभाना सुवाल, वियंका राई, र अनिता महर्जन, लुम्बिनी प्रदेशकी रोशनी अधिकारी, बाग्मति प्रदेशकी अन्जु सुवाल र दिया देवल र प्रदेश नं १ की सुलेखा ठाकुर प्रि क्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।

पुरुष तथा महिला सिंगल्स ईभेन्ट बुधबार सम्म जारी रहने राष्ट्रिय टेवल टेनिस खेलका कोर्डिनेटर सन्तोष चापाँगाईले जानकारी दिए ।

३१ आश्विन २०७९, सोमबार २०:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा