Play

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र, वालिङ खेल मैदानमा दुबो विच्छ्याउने काम हुदै

गुरुकुल खबर


कास्की — यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जसअन्तर्गत ३६ वटा विधामा प्रतियोगिता हुनेछन् । पोखरा रंगशालामा प्रतियोगिता गरिने भए पनि खेल मैदान अभावका कारण केही खेलहरु गण्डकीका विभिन्न जिल्लामा संचालन गरिँदैछ ।

जसअन्तर्गत ‘राष्ट्रिय महिला फुटबल प्रतियोगिता’ स्याङ्जाको वालिङमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहन गुरुङले जानकारी दिए । उनका अनुसार खेल मैदानमा अहिले सम्याउने र दुबो विच्छ्याउने काम भइरहेको छ ।

दुबो बिछ्याउने कामका लागि वालिङ नगर प्रमुखसहित खेलाडी, सशस्त्र प्रहरीको टोली तथा स्थानीय युवा खटिएका छन् । मैदानमा विछ्याउने दुबोलाई मात्रै करिब ४५ लाख रुपैयाँ लाग्ने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए । ‘वालिङवासी युवाको चाहना र आवश्यकतालाई आत्मसाथ गर्दै जति खर्च लागे पनि यो खेलमैदान निर्माण गर्नुपर्छ,’ उनले भने ।

उनले खेल सम्पन्न गर्न नगरपालिका जस्तै स्थानीयवासीको पनि भूमिका उत्तिकै रहने बताए । वालिङ नगरपालिकाले जस्तै जिल्लाका अन्य पालिकाबाट पनि खेल मैदान निर्माणका लागि सहयोग रहेको उनले बताए । खेलमैदान तयारीका लागि १ करोडको हाराहारीमा खर्च लाग्ने उनको भनाइ छ ।

खेलमैदानको स्तरोन्नतिसँगै झण्डै ४० वर्षको अन्तरालमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्ने अवसर वालिङमा जुटेको हो । यो अवसरबाट वालिङवासी खेलाडी तथा खेलप्रेमी सबैलाई उत्साही बनाएको छ । साथै आगामी ५ वर्षसम्म मिनी रंगशालाको रुपमा विकास गर्ने लक्ष्य लिएर नगरपालिकाले काम गरेको नगर प्रमुख खाँण बताउँछन् ।

राष्ट्रिय महिला फुटबल प्रतियोगिता वालिङमा ल्याउन वालिङ नगरपालिकाको विशेष भूमिका रहेको गण्डकी प्रदेश खेलकुद परिषद्‌का सदस्य गिरमान गुरुङले बताए । ‘प्रदेशसँगै राष्ट्रिय खेलकुद परिषद्‌ले पनि स्याङ्जामा खेल संचालन गर्न ठूलो भूमिका खेल्यो,’ उनले भने, ‘आफ्नो जिल्लामा राष्ट्रियस्तरको खेल संचालन गर्न पाउँदा निकै खुसी छौं ।’ उनले यसबाट मोफसेलका खेलाडीलाई पनि उत्साह थप्ने बताए ।

नगरपालिकाले प्राथमिकतामा राखेका सातवटा योजनामध्ये खेलमैदान पहिलो प्राथमिकतामा रहेको खाँणले बताए । ‘अहिले अपुग जग्गा व्यक्ति तथा संघसंस्थासँग भाडामा लिएर काम गरिएको छ । यसलाई स्थायीरुप दिन सबै सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, खेल निर्देशक कृष्ण तिमिल्सिनालगायतले शुक्रबार वालिङ खेल मैदानको अवलोकन गरेका थिए ।

२१ आश्विन २०७९, शुक्रबार २२:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा