तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र, वालिङ खेल मैदानमा दुबो विच्छ्याउने काम हुदै

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज २१ मा प्रकाशित
in खेलकुद, Breaking News, गण्डकी प्रदेश, विशेष, समाचार
पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने
30
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

कास्की — यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जसअन्तर्गत ३६ वटा विधामा प्रतियोगिता हुनेछन् । पोखरा रंगशालामा प्रतियोगिता गरिने भए पनि खेल मैदान अभावका कारण केही खेलहरु गण्डकीका विभिन्न जिल्लामा संचालन गरिँदैछ ।

जसअन्तर्गत ‘राष्ट्रिय महिला फुटबल प्रतियोगिता’ स्याङ्जाको वालिङमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहन गुरुङले जानकारी दिए । उनका अनुसार खेल मैदानमा अहिले सम्याउने र दुबो विच्छ्याउने काम भइरहेको छ ।

दुबो बिछ्याउने कामका लागि वालिङ नगर प्रमुखसहित खेलाडी, सशस्त्र प्रहरीको टोली तथा स्थानीय युवा खटिएका छन् । मैदानमा विछ्याउने दुबोलाई मात्रै करिब ४५ लाख रुपैयाँ लाग्ने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए । ‘वालिङवासी युवाको चाहना र आवश्यकतालाई आत्मसाथ गर्दै जति खर्च लागे पनि यो खेलमैदान निर्माण गर्नुपर्छ,’ उनले भने ।

उनले खेल सम्पन्न गर्न नगरपालिका जस्तै स्थानीयवासीको पनि भूमिका उत्तिकै रहने बताए । वालिङ नगरपालिकाले जस्तै जिल्लाका अन्य पालिकाबाट पनि खेल मैदान निर्माणका लागि सहयोग रहेको उनले बताए । खेलमैदान तयारीका लागि १ करोडको हाराहारीमा खर्च लाग्ने उनको भनाइ छ ।

खेलमैदानको स्तरोन्नतिसँगै झण्डै ४० वर्षको अन्तरालमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्ने अवसर वालिङमा जुटेको हो । यो अवसरबाट वालिङवासी खेलाडी तथा खेलप्रेमी सबैलाई उत्साही बनाएको छ । साथै आगामी ५ वर्षसम्म मिनी रंगशालाको रुपमा विकास गर्ने लक्ष्य लिएर नगरपालिकाले काम गरेको नगर प्रमुख खाँण बताउँछन् ।

राष्ट्रिय महिला फुटबल प्रतियोगिता वालिङमा ल्याउन वालिङ नगरपालिकाको विशेष भूमिका रहेको गण्डकी प्रदेश खेलकुद परिषद्‌का सदस्य गिरमान गुरुङले बताए । ‘प्रदेशसँगै राष्ट्रिय खेलकुद परिषद्‌ले पनि स्याङ्जामा खेल संचालन गर्न ठूलो भूमिका खेल्यो,’ उनले भने, ‘आफ्नो जिल्लामा राष्ट्रियस्तरको खेल संचालन गर्न पाउँदा निकै खुसी छौं ।’ उनले यसबाट मोफसेलका खेलाडीलाई पनि उत्साह थप्ने बताए ।

नगरपालिकाले प्राथमिकतामा राखेका सातवटा योजनामध्ये खेलमैदान पहिलो प्राथमिकतामा रहेको खाँणले बताए । ‘अहिले अपुग जग्गा व्यक्ति तथा संघसंस्थासँग भाडामा लिएर काम गरिएको छ । यसलाई स्थायीरुप दिन सबै सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, खेल निर्देशक कृष्ण तिमिल्सिनालगायतले शुक्रबार वालिङ खेल मैदानको अवलोकन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.