Play

मर्दी हिमालका अभियन्ता सुदीप गौतमको निधन

गुरुकुल खबर


पोखरा । मर्दी हिमाल पदयात्रालाई विश्वमा चिनाउने युवा पर्यटन व्यवसायी सुदीप गौतमको अकल्पनीय निधन भएको छ ।

हिजो शुक्रबार खानेपानी पाइपको मर्मत गर्न जाँदा माछापु्च्छ्रे गाउँपालिका वडा नं ९ सिदिङका गौतमको लडेर निधन भएको हो ।

गौतमको लडेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य रहेका गौतमको शवलाई केही बेर नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय चिप्लेढुंगामा राखिने बताइएको छ । पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना पश्चात आजै मर्दी र सेतीको दोबिल्लामा दाहसंस्कार गरिने जनाइएको छ ।

मृतक गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए ।

नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत रहेका गौतम नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल टानमा समेत आवद्ध थिए ।

झण्डै एक दशक अगाडि मर्दी हिमाल पदयात्रा सुनसान नै हुन्थ्यो । मर्दी हिमालको सेरोफेरो पशुपालन गर्ने ठाउँ भएकोले भेडा, भैंसी, चौंरी र याकहरू चर्थे । सिदिङ, घलेल लगायत नजिकका गाउँबाट भेडा, बाख्रा र भैंसी खर्क राख्न ल्याइन्थ्यो ।

गौतमकै परिश्रम र मेहनतले केही वर्ष यता पर्यटकीय मौसममा पर्यटकको भिड न लाग्ने गर्दथ्यो मर्दी हिमालको काखमा । यस्तो पर्यटकिय वातावरण शुरू गराउने अग्रणी व्यक्तित्व गौतमको निधनले पर्यटन व्यवसायी मात्र नभई राजनीतिक व्यक्तित्वको रुपमा नेपाली काँग्रेस कास्की र सिंगो सिदिङ गाँउ शोकमा डुबेको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको समेत कास्की प्रहरीले जनाएको छ ।

१५ आश्विन २०७९, शनिबार १४:५१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा