Play

पोखरा १५ मा घरअगाडिबाटै वृद्धाको सिक्री लुटियो

गुरुकुल खबर


पोखरा। पोखरा महानगरपालिका वडा नं १५ निराजनचोकमा मंगलबार बिहान एक वृद्धाको सिक्री लुटिएको छ।
मनिराम थापाकी ८७ वर्षीया आमा दिलमाया थापाले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री अन्दाजी ८ बजेको समयमा घर अगाडिबाटै लुटिएको परिवारले जनाएको छ ।

छोरा मनिरामका अनुसार बिहान घर छेउमा झार उखेलिरहेको बेला स्कुटरमा आएका दुई युवाले घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेका हुन्।

घटनास्थल नजिकै विधुतको पोलमा सिसिटिभी राखिएपनि बिग्रिएको स्थानीयले बताएका छन्। चाडबाड नजिकिएसँगै दिनदाहाडै भएको चोरीको घटनापछि स्थानीयमा त्रास छाएको छ। चाडबाडको समयमा चोक तथा गल्लीमा प्रहरीले सुरक्षा सक्रियता बढाउनुपर्ने स्थानीयको माग छ।

२८ भाद्र २०७९, मंगलवार २१:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा