Play

बिष्टको संयोजकत्वमा रनिङ्ग ट्रफी टुर कार्यदल गठन

गुरुकुल खबर


पोखरा । ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका किर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्यिय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ्ग ट्रफी टुर कार्यदल गठन भएको छ ।

कार्यदलमा पूर्व क्रिकेट कप्तान पारश खड्का , राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महिला भलिबलका कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सदस्य रहेका छन् ।

यहि भाद्र ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाबाट उक्त रनिङ्ग ट्रफी सार्वजनिक गरिने र ट्रफी सुदूरपश्चिमाञ्चलबाट सुरु गरि सातै प्रदेशका साथै तीन विभागिय टोलीमा पु¥याईने ओलम्पियन संघका अध्यक्ष समेत रहेका बिष्टले जानकारी दिएका छन् ।

२८ भाद्र २०७९, मंगलवार २०:२० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा