Play

सहकारीको साधारण सभामा उद्घाटन सत्र र भाषण नराख्न  निर्देशन

गुरुकुल खबर


काठमाडौं : काठमाडौं महानगरपालिका, सहकारी विभागले सहकारी संस्थाले वार्षिक साधारण सभा गर्दा उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराख्न  निर्देशन दिएको छ ।

विभागले ९ बुँदे निर्देशन जारी गर्दै साधारण सभाका उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारण सभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराखी सोझै एजेण्डा उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।

विभागले सहकारी संस्थालाई पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउन समेत भनेको छ ।

विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोवार गर्ने र साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थिती नभए गणपुरक संख्या पुर्याएर मात्र साधारणसभा गर्न भनेको छ ।

सभामा लेखापरीक्षण प्रतिवेदन, संचालक समितितथा लेखा समितिको प्रतिवेदन एवं पेश हुने अन्य सबै प्रतिवेदन तथा विषय उपर पर्याप्त छलफल गराएर मात्र पारित गर्न समेत निर्देशन दिएको छ।

२८ भाद्र २०७९, मंगलवार २०:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा