पोखरा । उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९ नयाँबजारको १४औँ साधारणसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा राजेश रानाभाट सर्वसम्मत चयन भएका छन् । रानाभाट दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन् ।
उपाध्यक्षमा लेखनाथ अर्याल, सविच रेवतीमणी भण्डारी, कोषाध्यक्षमा प्रमोद थापा चयन भएका छन् भने सदस्यहरुमा बैकुण्ठ बराल, राजेश शर्मा र विनोज पोटे चयन भएका छन् ।
संस्थाको लेखासुपरिवेक्षण समितिको संयोजकमा सिए पुरोचन उदास तथा सदस्यहरुमा धुर्वराज सुवेदी र अनिल लिगल रहेका छन् ।
अधिवेशनको गण्डकी प्रदेश सहकारी रजिष्ट्रार रमेश घर्तीले गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजेश रानाभाट, पूर्वअध्यक्ष पदमबन्धु पोखरेललगायतले आफ्नो भनाई राखेका थिए ।
सभामा अध्यक्ष रानाभाटको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रमोद थापा तथा विमल लम्सालको लेखा सुपरिवेक्षण प्रतिवेदन पारित गरेको संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिए ।