Play

तातोपानी नाका छिट्टै खुलाउन व्यवसायीको माग

गुरुकुल खबर


काठमाडौं।परराष्ट्रमन्त्री डा.नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रूपमा खुला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग छलफल गरिरहेको बताएका छन्।

आइतबार कांग्रेस नेता मोहनबहादुर बस्नेतसहित व्यवसायीहरूको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले नाका सञ्चालनका लागि आफूले पटक पटक चिनियाँ अधिकारीसँग छलफल गरेको बताएा हुन्। उनले चीनबाट सामान ल्याउनका लागि नाका सहज भएपनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे।

तिब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुलाउन आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइरहेको उनले बताए। उनले आपूर्ति सहज गर्नका लागि आफू प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गरे।

व्यवसायीहरूले विनासकारी भूकम्प अघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लागि राज्यले गम्भीर भएर चीनसँग वार्ता गर्नुपर्ने बताएका थिए। यसअघि शनिबार केही कन्टेनरहरू सो नाका हुँदै नेपाल भित्रिएका थिए।

२६ भाद्र २०७९, आईतवार १६:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा