Play

कास्कीका छ वटै प्रदेशमा नेकपा(एमाले)का उम्मेदवार सिफारिस, संगठन विभाग प्रमुख खगराज पनि प्रदेशमा

गुरुकुल खबर


पोखरा  , नेकपा(एमाले)ले कास्कीका प्रदेशसभाका छ वटै सिटमा पार्टीका उम्मेदवार सिफारिस गरेको छ ।एमालेका प्रदेशसभा निर्वाचन समन्वय कमिटीहरुले आकांक्षीहरुको नाम जिल्ला पार्टीमा सिफारिस गरेका हुन् ।नेकपा(एमाले)का संगठन विभाग प्रमुख एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारी पनि प्रदेशसभामै दावी गरेका छन् । ।

नेता अधिकारी कास्की क्षेत्र नम्वर १(१)बाट प्रदेशसभामा सिफारिस भएको छन्। सो क्षेत्रबाट नेता अधिकारी सहित टिकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापा सिफारिस भएको र यसैगरी प्रदेशसभा १(२) मा बेदबहादुर गुरुङ, मनबहादुर गुरुङ, रोेमबहादुर कार्की, दिपक तामाङ र इन्दिरा आचार्य सिफारिस भएको छन्।

यसैगरी कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा भीमबहादुर कार्की, युवराज पौडेल, भेषराज बराल, रश्मि आचार्य, तेजनारायण अधिकारी, अर्जुन गिरी, विद्याविमल बराल, देवीप्रसाद बराल, महेन्द्र उपाध्याय, प्रकाश पौडेल, तीर्थराज अधिकारी, सुवास ढुंगाना, रघुनाथ भण्डारी र गणेश श्रेष्ठ , निर्वाचन नम्बर २ प्रदेश सभा (२) मा प्रत्यक्षतर्फ मिनाकुमारी गुरुङ, मिना गुरुङ, सञ्जीवबहादुर कोइराला, परशुराम बराल, जीवन आचार्य, दानबहादुर बानियाँ, बलराम गायक र बलराम आचार्यको नाम सिफारिस भएको पार्टीका सचिव वैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

सचिव अधिकारीका अनुसार कास्की क्षेत्र नम्बर ३ (१) बाट दामोदर वैरागी, लालबहादुर परियार, दीपक पौडेल, नन्दलाल अधिकारी, माधव बास्तोला, राजेन्द्र गौतम, सूर्यप्रसाद लम्साल, केशवशरण पौडेल, दुर्गादत्त पोख्रेल, प्रेमदेवी परियार, शारदाकुमारी पराजुली, यदुनाथ अधिकारी, रमेश कार्की र शोभामोहन पौडेलले  , कास्की क्षेत्र नम्बर ३ (२) बाट राजीव पहारी, ओम सुवेदी, शिव अधिकारी, दिलीपविक्रम शाही, सन्तोष परियार र संगीता सुवेदीले उमेदवारीको दावी गरेका छन्

१८ भाद्र २०७९, शनिबार २३:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा