Play

कास्कीको क्षेत्र नं ३ क बाट प्रदेश सांसद बन्न कांग्रेस नेता पराजुलीको पहल

गुरुकुल खबर


पोखरा । आउँदो मंसिर ४ मा हुने संघीय र प्रदेश सांसदको निर्वाचनमा उम्मदेवार बन्नका लागि केन्द्रियस्तका नेतादेखि स्थानीय स्तरका नेताहरु दौडधुपमा लागेका छन् । कसले टिकट पाउँलान्, कसको पल्ला भारी भन्दै कार्यकर्ताहरु र मतदाताहरुमा नया बहस शुरु भैरहेको छ ।

निर्वाचन नजिकिएसँगै प्रदेश सांसदका लागि ेदावीसहित दौडधुपमा लागेका नेपाली कांग्रेसका नेता मध्ये एक हुन् निर्वाचन क्षेत्र नं ३ क का उमेशराज पराजुली । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरका पराजुलीको राजनीतिक यात्रा चारदशक पुुग्न लागिसकेको छ ।

२०३०–०३२ सालमा नेपाल विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिको सदस्य बनेर विद्यार्थी राजनीति शुरु गरेका पराजुलीले त्यसपछि क्रमशः नेविसंघ कास्की जिल्ला समिति सदस्य हुदँै नेपाली काँग्रेसको मुल राजनीतिक धारमा प्रवेश गरे ।

२०३६,२०४६ र २०६२ सालको जनआन्दोलन लगायत विभिन्न समयमा भएका विद्यार्थी आन्दोलनमा अग्र पंक्तिमा रही महत्वपुर्ण भुमिका निभाएका पराजुली नेपाली काँग्रेसको १२ औं महाधिवेशनमा कास्की क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिमा निर्वाचित भए ।

१३औं महाधिवेशनबाट जिल्ला कार्य समिति कास्कीको सदस्यमा निर्वाचित भएका पराजुली राजनीतिक व्यक्तित्व मात्र नभई रोटरी क्लव, गिरीजाप्रसाद कोइराला फाउन्डेशन लगायथत विभिन्न सामाजिक संस्थामा आवद्ध भई समाजसेवा पनि गर्र्दै आईरहेका छन्।

विद्यार्थीकाल देखि ने राजनीतिमा रुची राख्ने र नेपाली कांग्रेसको राजनीति मार्फत समाजसेवा र देश सेवा गर्ने इच्छा रहेकोले नै आफुले प्रदेश सांसदको लागि उम्मेदवारमा दावी गरेको पराजुलीको भनाई छ । विद्यार्थीकालदेखि अहिलेसम्मको करिव ४ दशक लामो राजनीतिक यात्रामा मैले आमनागरिकको समस्या र समाधानका पाटोहरु धेरै बुझेको छु ।’ उनी भन्छन् ।

पराजुलीले यस अगाडी कास्की -३ को प्रदेश क मा नेपाली कांग्रेसबाट बिजयी नभएको कारण यस पटक त्यस प्रदेशमा नेपाली कांग्रेसले उमेदवारी नदिएमा कांग्रेसका मतदाता सुरक्षित गर्न समेत नसकिने भएकोले त्यस प्रदेशमा कांग्रेसले आफ्नै उमेदवार बनाउनुपर्नेमा समेत जोड़ दिए ।

१८ भाद्र २०७९, शनिबार २१:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा