पोखरा । मंसिर ४ गते हुने संघ तथा प्रदेश तह निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले आवेदन दर्ता गराएका छन्।
पार्टी केन्द्रीय कार्यालयको परिपत्रअनुसार २ संघीय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आवेदन दर्ता गराउनेमा केन्द्रीय नेता, मन्त्री,सांसद,जिल्ला सभापति र स्थानीय स्तरका नेतासम्म छन्।
स्याङ्जा क्षेत्र नं. १ क्षेत्रीयमा प्रतिनिधिसभा सदस्यका लागि ८ जनाले आवेदन दर्ता गराएका छन्। आवेदन दर्ता गर्नेमा कांग्रेस उपसभापति धनराज गुरुङ,पूर्वमन्त्री एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, जिल्ला सभापति राजु थापा, महासमिति सदस्य गोविन्दबहादुर रानाभाट,कांग्रेस नेता एवं व्यापारी खुमा अर्याल,पूर्वकार्यबहाक सभापति कुमार राना,पूर्वजिल्ला प्रवक्ता इन्द्रबहादुर गोदार र सुवोध कुमार अधिकारी छन्।
यस्तै,समानुपातिक तर्फ पनि दुई केन्द्रीय नेता गुरुङ र श्रेष्ठले नै दाबी गरेका छन्। उनीहरूसँगै जिल्ला सदस्य दीर्घनारायण शर्माले पनि आवेदन दर्ता गराएका छन्।
स्याङ्जा क्षेत्र नं. १ (क) मा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिकतर्फ ८ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन्। प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउनेमा कांग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्साल, गण्डकी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि अजित क्षेत्री, महाधिवेशन प्रतिनिधि इन्द्र रिजाल र गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठ समेत छन्। यस्तै बोधराज अर्याल, जनकराज काफ्ले, केशव बहादुर खाण,पवन नेपाल र नवराज सुवेदीले पनि प्रत्यक्षतर्फ क्षेत्र नं. १ (क) मा उम्मेदवार दाबी गरेका छन्।
यसैगरी समानुपातिकतर्फ भीरकोट नगरपालिकाकी पूर्वउपमेयर सीमा कर्माचार्य,कांग्रेस नेतृ हिरादेवी शर्मा,प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारी,धनकुमारी थापा,डोलबहादुर खड्का, देवबहादुर मानन्धर,मुहमद सरिफ मियाँ र यामबहादुर रानाले उम्मेदवरी दर्ता गराएका छन्।
क्षेत्र नम्बर १ (ख) मा उम्मेदवार बन्नका लागि प्रत्यक्ष तर्फ ८ जना र समानुपातिकतर्फ १५ जनाले उम्मेदवारी दाबी गरेका छन्। प्रत्यक्षतर्फ उम्मेदवार दाबी गर्नेमा तुलसी गिरी, अनुप श्रेष्ठ, रामचन्द्र पौडेल,नरेन्द्रराज पौडेल,महेन्द्र थापा,पदमबन्धु पोखरेल,शिव बहादुर थापा र जगदीश पौडेल छन्।
समानुपातिकतर्फ कुमबहादुर गुरुङ,उर्मिला गुरुङ,सुजन गहतराज,अम्बिका देवी पौडेल,सामुहम्मद मियाँ,देबेन्द्र गुरुङ,माया केसी,अमृत विक,विक्रान्तकुमार श्रेष्ठ,सल्मा मिया,गीता चापागाईं, कुलबहादुर खत्री,गोपालप्रसाद ढकाल,दुर्गाकुमारी केसी र श्रीराम उपाध्यायले दाबी गरेका छन्।
स्याङ्जा क्षेत्र नम्बर २ संघमा प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन्। क्षेत्र नं १ बाट दाबी गरेका केन्द्रीय उपसभापति गुरुङ,केन्द्रीय सदस्य श्रेष्ठ र कांग्रेस नेता एवं व्यापारी अर्यालले क्षेत्र नं. २ मा पनि दाबी गरेका छन्।
यसबाहेक केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सांसद एवं कांग्रेस सचेतक भागवतप्रकाश मल्ल,वर्तमान संघीय सांसद मोहन पाण्डे,पूर्वसांसद शंकरप्रसाद पाण्डेय,कांग्रेसका पुराना नेता खगेन्द्रराज रेग्मी,भोजराज अर्याल र लालगोपाल अर्यालले संघमा प्रत्यक्षतर्फ दाबी गरेका छन्।
यस्तै समानुपातिकमा फणिनारायण रेग्मी (दीपक),कमला न्यौपाने,चन्द्रा अधिकारी र दिलिप्रताप खाँणले पनि उम्मेदवार बन्ने आंकाक्षा देखाएका छन्।
क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ११ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन्। प्रत्यक्षतर्फ अर्जुनप्रकाश अर्याल,दामोदर लम्साल, केदार काफ्ले,छाँयाराम खनाल,महाधिवेशन प्रतिनिधि कल्पना तिवारी,महाधिवेशन प्रतिनिधि विष्णु पौडेल,अर्जुनप्रकाश खनाल र टंकप्रसाद गैरेले उम्मेदवार दाबी गरेका छन्।
यस्तै समानुपातिकतर्फ उम्मेदवार दाबी गर्नेमा लिलबहादुर रनपाल,वसन्तकुमार विक,लोकनाथ अर्याल, यादवकुमार श्रेष्ठ,कमल भित्रिकोटी,दिपक रोकाहा,कुलबहादुर गुरुङ,सुनिल खड्का (एसबी) केशभक्त गुरुङ,राजकुमार गुरुङ र श्यामप्रसाद अर्याल छन्।
स्याङ्जा क्षेत्र नम्बर २ (ख) मा प्रत्यक्ष तर्फ ८ र समानुपातिकतर्फ १० जनाले उम्मेदवारी प्रस्तुत गरेका छन् । प्रत्यतर्फ महेश भट्टराई, शेषकान्त पुरी,शिव कुमार गिरी,यामप्रसाद पाण्डे,युवराज पाण्डे,धुब्रप्रसाद शर्मा, श्यामप्रसाद बस्याल र रामभक्त भट्टराई रहेका छन् ।
समानुपातिकतर्फ शेर बहादुर थापा मगर,श्याम प्रसाद भण्डारी,तुलसा पाण्डे भट्टराई, हरिबाबु पोखरेल,बिमला श्रेष्ठ,सुनिता थापा,रामबहादुर श्रेष्ठ, देवकादेवी राना, महेन्द्र श्रेष्ठ र तुलसा नेपाली छन् ।