Play

१२ वटा राजनीतिक दलले एकल चुनाव चिन्ह लिएर निर्वाचन लडने

गुरुकुल खबर


काठमाडौं । संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन।

निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले संघीय संसद र प्रदेश संसदको निर्वाचनमा एकल चुनाव चिन्हमा निर्वाचन लडने भएका हुन । निर्वाचन ४ मंशिरमा हुदैँछ ।

निर्वाचन आयोगका अनुुसार एकल चुनाव चिन्हमा निर्वाचन लडनेमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित १२ राजनीतिक दल रहेका छन ।

यसैगरी, मिननाथ देवकोटा नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जरा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

उता, चरिराज गहतराज नेतृत्वको सामाजिक एकता पार्टी, राजु कार्की नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भएका छन ।

पुर्व प्रहरी अधिकृत रमेश खरेल नेतृत्वको सुशाषन पार्टी, पुण्यप्रसाद प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी, गंगालाल श्रेष्ठ नेतृत्वको नेपाल नौलो जनवाद पार्टी र रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले जानकारी दिएका छन ।

१ भाद्र २०७९, बुधबार १३:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा