Play

मुस्तांगको जोमसोममा जलवायु सम्बन्धी राष्ट्रियस्तरको सम्मेलन आज: देशभरका पालिका प्रमुख सहभागी हुने

गुरुकुल खबर


काठमाडौँ, मुस्ताङको जोमसोममा आजदेखि जलवायु सम्बन्धी राष्ट्रियस्तरको सम्मेलन सुरु हुँदैछ । मुस्तांगको घरपझोङ गाउँपालिकाको आयोजनामा ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरू सहभागी हुने गरी ’घरपझोङ जलवायु परिवर्तन सम्मेलन‘ सम्मेलन आयोजना हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

सम्मेलनका लागि सबै जिल्लाको जिल्ला समन्वय समिति प्रमुखदेखि प्रदेशका वातावरणसम्बन्धी मन्त्रीलाई आमन्त्रण गरिएको छ । संघीय वातावरणमन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । जलवायु परिवर्तनको असर र यसको न्यूनीकरणमा स्थानीय तहले गरेका प्रयास, भोगेका समस्या एवं भावी मार्गदर्शनबारे सम्मेलन केन्द्रित हुने लालचनले बताए । दुई दिनसम्म चल्ने सम्मेलनमा घरपझोङ घोषणापत्र जारी भई बुधबार सम्पन्न हुनेछ ।

रसुवा वाढीका कारण देशले व्यहोरेको क्षतिपछि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा उठेको जलवायु परिवर्तनसम्बन्धी बहसको बिच यस किसिमको सम्मेलन आयोजना हुन लागेको हो । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने क्रममा जलवायुसम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकका झन् बढेको लालचनको भनाइ छ । कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्री बालेनलाई नै आमन्त्रण गरे पनि उनी भने आएनन् । बालेनबाट शुभकामना सन्देश आएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

कार्यक्रमका लागि करिब ५०० पालिका प्रमुखहरू सोमबार नै जोमसोम आइपुगेका छन् । त्यस्तै ३६ जिल्लाका समन्वय समितिका सभापति समेत आइसकेका छन् ।  सम्मेलनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), डब्लुडब्लुएफ, प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आईयुसीएन), त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्र विभाग र वातावरण विज्ञ केन्द्रीय विभाग, राष्ट्रिय विपद् जोखिम तथा पुनर्निर्माण प्राधिकरण र कृषि वन तथा पर्यावरण मन्त्रालयलगायतका विज्ञ टोलीको सहभागिता रहनेछ ।

सम्मेलनमा उद्घाटनपछि विभिन्न विषयमा केन्द्रित रही प्यानल डिस्कसनका कार्यक्रम हुनेछ । सम्मेलनमा जलवायुसँग सम्बन्धित सबै स्थानीय तहमा जलवायु परिवर्तनले पारेका असरसम्बन्धी फोटो प्रदर्शनी गरिने छ। सम्मेलनमा स्थानीयस्तरमा पाइने कृषि तथा पशुपालनसम्बन्धी उत्पादनको प्रदर्शनी कक्ष राखिएको छ । गाउँपालिकाले गत वर्ष नै यो सम्मेलन आयोजना गर्न लागेको थियो । तर, जेनजी आन्दोलनका कारण घोषित कार्यक्रम स्थगित भएको थियो ।

३० भाद्र २०८३, मंगलवार ०७:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा