पोखरा, पोखराका अग्रज राजनीतिक एबम शैक्षिक व्यक्तित्व स्व. प्रेमनारायण बरालकी धर्मपत्नी सावित्री बरालको घरमै भएको सामान्य दुर्घटनाको कारण निधन भएको छ। पोखराको रत्नचोकमा छोरासहित परिवारसंग बस्दै आएकी बराल अघिल्लो शनिबार आफ्नै घरमा अकस्मात लडेर घाइते भएकी थिईन।
त्यसपछि उनलाई पोखराको मणिपाल अस्पतालमा तत्काल लगेर उपचारार्थ भर्ना गरिएको भएपनि उमचारकै क्रममा उनको निधन भएको थियो । सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा सहयोग पुर्याउंदै आएकी उनि स्थानीय आमा समूहहरुमा पनि त्यत्तिकै सक्रिय रहेकी थिइन् ।
वि.सं. २००४ सालमा कास्कीको साविक राखी गाविसको कन्धनीडाँडामा भट्टराई परिवारमा जन्मिएकी सावित्रीको २०१९ सालमा मासबारका प्रेमनारायण बरालसँग विवाह भएको थियो।
स्व. साबित्रीका ३ छोरा र धर्मपुत्रीसहित ३ छोरी रहेपनि जेठा छोरा बाल्यावस्थामा र माईला प्रमोद नारायण बरालको पनि ११ वर्षअघि निधन भएकोले हाल कान्छा छोरा धर्मेन्द्र, बुहारी अनुराधा बरालसहित परिवारसंग उनि बस्दै आएकी थिईन ।
लामो समयदेखि डेनमार्कमा बस्दै आएकी उनकी माइली बुहारी सीता बराल बिभिन्न संघसंस्थामा सक्रिय छन। उनि कास्की जिल्लाबाट बिभिन्न मुलुकमा गएर बसोबास गर्नेहरुको संस्था कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद्को प्रमुख संरक्षक एबम जयनेपाल फाउन्डेसन डेनमार्कको अध्यक्ष समेत हुन ।
स्व. सावित्रीकी छोरीहरु कल्पना काफ्ले र सुशीला पराजुली एबम धर्मपुत्रीको रुपमा शान्ति अधिकारी रहेको उनकै परिवारका सदस्य सरोज नारायण बरालले गुरुकुल खबरलाई जानकारी दिए ।
यसैबीच सिता बराल प्रमुख संरक्षक रहेको कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिब बानिया र महासचिब केदार कुँवर सहित बिभिन्न संघ संस्थाले शोक बिज्ञप्ती जारी गर्दै उनकी सासूआमा सावित्री बरालको निधन भएकोमा दुख ब्यक्त गर्नुको साथै भावपूर्ण श्रद्दान्जली अर्पण गरेका छन।













