Play

नेका पोखराले महिलाहरुलाई दर खुवाउने, तयारी समितिको संयोजकमा ढुंगाना

गुरुकुल खबर


पोखरा । नेपाली महिलाहरुको परम्परागत एवं सांस्कृतिक पर्व हरितालिका तीजको अवसर पारेर नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले महिलाहरुलाई दर खुवाउने कार्यक्रम गर्ने भएको छ ।

यही भदौ ९ गतेका दिन दर खाने कार्यक्रम आयोजना गरिएको जानकारी नेका पोखरा महानगरका सदस्य तथा कार्यक्रम संयोजक अम्बिका ढुंगानाले दिएकी छन ।

कार्यक्रम सफल पार्न ढुंगानाको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । समितिमा संयोजक ढुंगाना र सदस्यहरुमा महानगरका उपसभापति भवसागर बराल , कोषाध्यक्ष सम्मर बहादुर श्रेष्ठ, र नगर सदस्यहरु दामोदर पराजुली , रवीन्द्र बराल,रामचन्द्र शर्मा, शेरबहादुर कार्की, इनु कोइराला, प्रीती पाण्डे लगायतका रहेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका क्षेत्र भीत्र रहेर नेपाली कांग्रेसको विभिन्न भातृ तथा शुभेच्छुक संस्था तथा पार्टीको विभिन्न जिम्मेवारीमा रहेका महिला हरुको सहभागिता रहने जानकारी पनि ढुंगानाले दिएकी छन ।

उनका अनुसार करिब ५ सय जना महिलाहरु सहभागी बन्ने अनुमान छ । कार्यक्रम कास्की कांग्रेसको प्रांगणमा हुने बताईएको छ ।

३१ श्रावण २०७९, मंगलवार २२:१५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा