Play

१० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिने सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक

गुरुकुल खबर


काठमाडौं,  सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजनामा न्यूनतम मौज्दात रु दश हजारबाट खाता सञ्चालन गर्न सक्नेछन । यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिने बैंकले जननाएको छ ।

ग्राहकले यस योजना अन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम-प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम-प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको बैंकको भनाई छ । ग्राहकले आफ्नो वचत रकममा कर्जा लिने-दिने दिनसम्म पूँजीकरण गरिएको व्याज रकमसमेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले मुलुकभर रहेको ११२ शाखा कार्यालयहरुमार्फत सुलभ तरिकाले खाता खोली रकम वचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र संचालन गरिएका बैंकले जनाएकोे छ । यस योजना अन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

३१ श्रावण २०७९, मंगलवार २०:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा