पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका १० पक्वादीमा घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ। बिहान ५ बजेतिर डुविनडाँडाका ढाकाराम भट्टराईको घर भत्किँदा घाइते भएकी १५ वर्षीया छोरी रेखा भट्टराईको मृत्यु भएको हो ।
घटनामा १६ वर्षीय लक्ष्मीकान्त भट्टराई घाइते भएका छन्।
घाइते बालबालिकालाई उपचारका लागि गल्याङ अस्पताल ल्याउँदै गर्दा रेखाको बाटोमा मृत्यु भएको अस्पतालले जनाएको छ। घाइते लक्ष्मीकान्त भने खतरामुक्त रहेको बताइएको छ। उनको नगर अस्पतामै उपचार भइरहेको छ। साथै, एउटा लैनो भैंसी र २ वटा बाख्रा समेत मरेका छन्।
आमा बाबा र एक भाई बिहान उठेर घरबाहिर कामधन्दामा लागेकाले उनीहरु सकुशल रहेका छन् । घरभित्र सुतेका बहिनी र दाजु घाइते भएका थिए।
१६ असार २०७९, बिहीबार १०:४९ मा प्रकाशित