Play

स्याङ्जा पक्वादीमा घर भत्किँदा एक किशोरीको मृत्यु

गुरुकुल खबर


पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका १० पक्वादीमा घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ। बिहान ५ बजेतिर डुविनडाँडाका ढाकाराम भट्टराईको घर भत्किँदा घाइते भएकी १५ वर्षीया छोरी रेखा भट्टराईको मृत्यु भएको हो ।

घटनामा १६ वर्षीय लक्ष्मीकान्त भट्टराई घाइते भएका छन्।

घाइते बालबालिकालाई उपचारका लागि गल्याङ अस्पताल ल्याउँदै गर्दा रेखाको बाटोमा मृत्यु भएको अस्पतालले जनाएको छ। घाइते लक्ष्मीकान्त भने खतरामुक्त रहेको बताइएको छ। उनको नगर अस्पतामै उपचार भइरहेको छ। साथै, एउटा लैनो भैंसी र २ वटा बाख्रा समेत मरेका छन्।

आमा बाबा र एक भाई बिहान उठेर घरबाहिर कामधन्दामा लागेकाले उनीहरु सकुशल रहेका छन् । घरभित्र सुतेका बहिनी र दाजु घाइते भएका थिए।

१६ असार २०७९, बिहीबार १०:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा