उमा कार्की
नेपाली साहित्य विभिन्न ‘बादहरु’द्धारा सुसज्जित छ । साहित्यको टेको पनि बादहरु नै हुन् । सिमित ‘बाद’का बिषयमा धेरै चर्चा परिचर्चा गर्नुभन्दा पनि यसले नेपाली साहित्यमा सिर्जना गरेको तरंगलाई खोतल्नु मेरो धर्म हो भन्ने मैले ठानेकी छु । मेरो परिभाषामा एउटा ‘बाद’ को अभियन्ता ईन्दिरा प्रसाई हो भन्ने ठहर छ । किनकी ईन्दिराको ‘उसको लोग्ने र बिरालो’ उपन्यासमा ‘नारीबाद’को प्रतिबिम्ब भेटेकी छु । जसले एउटा बादको खुलेर नेतृत्व गरेको छ ।
उल्लेखित पुस्तकमा एउटा पात्र ‘निला’ त्यही नारीबादकी मुख्य पात्र बनाईएकी छिन् । जसले मनोबैज्ञानिक रुपमा आफुलाई सधैं हिंसाग्रस्त रहेको अनुभूति गरि रहिन् । नेपालका एक शक्तिशाली नारी हस्ताक्षर ईन्दिरा प्रसाई दिज्यूको उपन्यास ‘उसको लोग्ने र बिरालो’मा तयार पारिएको कथाको संरचना एउटा नारी मनोविज्ञानमा केन्द्रित छ । र उसको अव्यक्त मनका भावनाहरुलाई बुझिदिने पुरुषको सधैं उनी खडेरी महशुस गरिरहेकी हुन्छिन् । नइ प्रकाशनले प्रकाशन गरेको उपन्यास उसको लोग्ने र बिरालो अंग्रेजी तथा अरबी भाषामा समेत प्रकाशित भैसकेका छन् ।
विं.स. २०६० सालमा पहिलो संस्करण प्रकाशन गरेको पुस्तकको दोस्रो संस्करण विं.स. २०७० मा प्रकाशित भईसकेका छन् । एक सय ११ पेज सम्म अक्षरले भरिएका पुस्तकका फगत अस्तित्वहिन अक्षरहरु मात्रै छैनन् । नेपाली परिवेशको एउटी महिलाको वास्ताविक चित्रलाई प्रस्तुत गर्ने शब्दहरु छन् । जसले आम अवचेतना मनधारी मानवहरुका लागि खबरदारी गरेको छ ।
मानिस स्वयम्मा उत्पति हुने द्वन्द्व र त्यसलाई अविष्कार गर्ने परिस्थितिहरु विभिन्न हुन सक्छन् । तर जसलाई सर्वश्व सम्झेर उसैप्रति सर्मपित रहे उसैको मायाको हकदार नहुँदाको पिडा व्यक्त गर्न गाह्रो हुनसक्छ । आफ्नो मनमा भएका कुराहरु आफ्ना प्रेमीले बुझिदिउन, भनेर आकांक्षा राख्न पाउनु उसको अधिकार हो । यो उपन्यासको माहोलमा पात्रहरुबीचको शित युद्ध सकारात्मक व्यवस्थापन हुन सकेको छैन । एउटी महिलाले विवाह पश्चात आफ्नो लोग्नेबाट के चाहन्छिन् ? आम लोग्नेहरुलाई थाहा हुदैंन, या थाहा नभएको नौटङ्की रचिरहेको हुन्छ । त्यही कारण महिलाहरुलाई नदेखिने गरी मानसिक भूमरिमा राख्ने काम गरेको छ ।
सधैंको आशै–आशामा दैनिकी गुर्जानु पर्ने आम महिलाहरुको प्रतिनिधित्व यस उपन्यासले गरेको छ । आज पाउनु पर्ने माया, हेरचाह अनि अत्मियता नपाएपछि उसले भोलीको आपेक्षा गर्नु अस्वभाविक विल्कुल होईन । भोली पनि आफ्नो आशा पुरा नभएपछि मन मनै गल्नुको शिवाय अरु केही पनि हुदैन उ संग । यो एउटा यस्तो हिंसा जसले मानसिक रुपमा यातना दिईरहेको हुन्छ । कथामा ‘बिरोलो’ पात्रले उनीहरु बीचमा फाटो ल्याउने काम गरेको छ ।
जुन समाजका बिरालाहरुलै यस्तै धेरै घर भत्काएका छन् । जसका कारण आम नेपाली चेलीहरले प्रताडित बन्नु परेको उदाहरणहरु हाम्रो सामु छर्लङ छ । अपेक्षित माया र ममता बाँडिएपछि मन चुडिनु स्वाभाविक नै हो । आफ्नो प्रिय बस्तु सधै प्रिय नै बनिरहुन भन्ने हामी चाहिरहेका हुन्छौं । तर आफ्नो प्रिय चिज या बस्तुमाथि अरु कसैले अस्तित्व जमाउन खोज्दा मन नदुख्ने सायदै होला ।
उपन्यासमा निला जो मुख्य भुमिका छन्, उसले आम साहाराहिन आम दिदीबहिनीहरुको प्रतिनिधित्व गरेको छ । र उसलाई एक कठोर र क्रान्तिकारी महिला भन्दा पनि अतियुक्ती नहोला । किनभने, आफ्नो विचार मिल्दाको साथ र नमिल्दा छुटेर आफैँ बाच्ने साहस गर्ने साहसी महिला हुन् उनी ।
अंकुश लगाई रहने सम्बन्ध भन्दा स्वतन्त्र भई बाँच्न पाउने एकल यात्रा नै सहि हो भनेर प्रमाणित गर्न सक्ने पात्रका रुपमा उनलाई यहाँ नेर भेटाएका छौं हामीहरुले । त्यस अघिका सम्बन्धबाट वितृष्णा भएकी निलाले आफूलाई संयमित बनाउँदा बनाउँदै पुनः अर्को सम्बन्धमा बाँधिएकी हुन्छिन उनी । पुरा नभएका अपेक्षा अब पुरा हुने विश्वासका साथ सम्बन्धमा बाँधिएकी उनले पु:न चोट सहनु प¥यो । आफ्नो लोग्नेको ईच्छा र उसको रुचीलाई आत्मसात गर्ने वहानामा आफुलाई पलपल भेन्टीलेटरमा झुन्ड्याई रहिन् निलाले ।
यही घटनालाई हामीले यसो भनेर पनि बिश्लेषण गर्न सक्छौं । कि, मनभित्रको कुण्ठा लुकाएर हाँस्ने प्रवृतिका मान्छेहरुलाई सामाजमा नाटकिय खुसी मिलेको छ । मनको तुस पखाल्न नजान्नेहरुको घरबार बिग्रिएको छ, मनले सितलता पाउन सकेको छैन ।
आम नारीहरु स्वयमबाटै हिंसामा लादिएको अवस्थाहरु पनि छन्, । त्यसमा पुरुषको भूमिका सुन्य भएको हुन्छ । यो एकाध घटनाहरुले समेत जीवनमा आँधी हुरी ल्याईदिएको छ । मानिसको अव्यक्त चाहनाले शित युद्ध सिर्जना गर्दो रहेछ, भन्ने उदाहारण यही उपन्यासमा भेटाउन सकिन्छ । उपन्यासमा लेखिकाले दुई पात्र आभास र निलाको भूमिकालाई जसरी न्याय दिलाउने प्रयत्न गरेकी छन् । त्यस सम्बन्धलाई सुमधुर बनाउने नबनाउने जिम्मा दुबैलाई दिईएको छ । तर उनीहरुले त्यस भूमिकालाई निर्वाह गर्न सकेको देखिदैन ।
आभासले विरालो मिलनलाई ख्याल गरेसँगै निलासँगको सम्बन्ध धर्मराएको देखिन्छ । बिरोलोको सौखिन आभासले दुईटी श्रीमतिलाई अधुरो व्यहोर्नु प¥यो, जो आफ्नो प्रिय जिव विरोलोकै कारण छुट्टिनु परेको दृश्य छ । बिरालोलाई औधी नै माया गर्ने निलालाई आभासले आफ्नो श्रीमतिको दायरामा राख्ने प्रयत्न नगरेको र निलाले पनि आफ्नो मनको तिक्ततालाई आभास सामु निर्र्धक्क भन्न नसकेकै कारण उनीहरु बीचको मनोबैज्ञानिक द्धन्द्ध मत्थर हुन नसकेको हो ।
आभासलाई प्रेम गर्न नजान्ने प्रेमी र निलालाई मनमा सल्केका आगो निभाउने प्रयास नगर्ने कपटी महिलाको उपनाम दिँदा अक्तियुक्ति नहोला । नेपाली समाजमा पछिल्लो घटनाहरुलाई उपन्यासले प्रतिनिधित्व गरेको छ । परिवार बीचको सानो द्धन्द्धको झिल्कोले छिन्नभिन्न पारेका उदाहरणहरु बढदो छन् । त्यही कारण कति महिला न्यायका लागि आग्रह गरिरहेकी हुन्छिन् । उनलाई निर्मम बनाईएको हुन्छ ।
समाजले थोपरेको विवशतालाई नर्कान नसक्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ । र समानता मात्रै होईन् न्यायिक विभेदका आधारमा समता पनि प्रदान गरिनु पर्दछ भन्ने उपन्यासको सन्देश हो की /
( हाल अष्ट्रेलिया )