Play

लागत अनुसारको प्रतिफल नपाउंदा कास्कीका दुग्ध उत्पादक किसान निरुत्साहित

गुरुकुल खबर


पोखरा, व्यावसायिक दुग्ध उत्पादनको क्षेत्रमा क्रमिक रुपमा सुधार आएको छ । सुरुमा पुरानो पोखरा महानगरपालिका, लेखनाथ नगरपालिका र भरतपोखरी आसपासको क्षेत्रमा मात्र व्यावसायिक फार्महरु थिए । पछिल्लो ४/५ वर्षमा यसको दायर बढाएर पोखरा बजारदेखि अलि टाढाको ठाउँहरु लाहाचोक, घाचोक, धिताल तथा अन्य ठाउँहरुमा पनि फार्महरु राखेर व्यावसायिक दूध संकलन गर्ने काम गरेका छौं । बजारीकरण हुने दुधको उत्पादान बढेको अवस्था छ ।

कास्कीमा पछिल्लो समयमा वार्षिक रुपमा ६/७ प्रतिशत दूधको उत्पादन बढेको छ । कास्की जिल्ला अलि बढी नै दूध खपत हुने जिल्ला भएको हुँदा दूधको उत्पादनको मात्रा बढी भए पनि जनसंख्या पनि बढी नै भएको हुँदा हामी पूर्णतय आत्मनिर्भर हुन नसकेको अवस्था छ । ८० प्रतिशत माग हामीले यही जिल्लाबाट नै पुरा गरेका छौँ भने २० प्रतिशत अन्य जिल्लाबाट आयात गरेर माग पुरा गरेका छौं ।कास्की बाहिरबाट अएको दूधलाई प्रशोधन गरेर अन्य जिल्लामा निर्यात पनि गर्ने गरेका छौं । कास्कीमा रहेका विभिन्न डेरीले दूधलाई प्रशोधन गरेर दूधको अन्य प्रोडक्ट बनाएर अन्य जिल्लमा निर्यात गर्ने गरिरहेका छन् । हामीले आयात मात्र होइन निर्यात पनि गर्ने गरेका छौं । अब हामीले दुग्ध व्यवसायलाई विकास गर्नको लागि विभिन्न लक्ष्य र काम गर्ने योजना बनाएका छौं ।

अझै पनि किसानले कम दूध दिने किसिमका पशुहरु पालन गरेको अवस्था छ । यस्ता पशुुहरुको उत्पादन क्षमता बढाउनु आवश्यक छ । त्यसको लागि नश्ल सुुधारमा ध्यान दिइरहेका छौँ । नश्ल सुुधारको लागि हामीले कृत्रिम गर्भधारण प्राथमिकता दिएका छौँ । हाम्रो पालिकाका पशुु सेवा कार्यालय र निजी क्षेत्रमा काम गर्ने प्राविधिकहरुबाट यो नश्ल सुुधार कार्य भइरहेको छ ।

अर्को कुुरा किसानहरुको लागत अनुुसार प्रतिफल नपाएको कुुराहरुले गर्दा पनि किसानहरु निराश र निरुत्साहित भएका छन् । हामीले सकेसम्म किसानहरुलाई उन्नत जातका पशुुपालन गर्न, व्यावसायिक पशुपालन गर्न लागत मूल्यमा केही हदसम्म कम गर्ने भन्ने विषयमा जनचेतान दिने, भेटेरीनरी तथा पशुुसेवा सुधार केन्द्रबाट, सहकारीबाट बिक्री वितरण हुने दूधको लागि प्रतिलिटर साढें २ रुपैयाँ प्रतिफलमा आधारित अनुुदान कार्यक्रम सञ्चालन गर्ने छौं । त्यस्तै उन्नत जातका पशुहरुको स्रोत कम भयो, पशुुहरुको आयात बाहिरबाट बढी भयो, कृत्रिम गर्र्भाधारण तथा पाडी बाच्छी हुुर्काउन महंगो भयो भन्ने गुुनासो आइरहेको सन्दर्भमा सो गुनासोलाई संम्बोधन गर्ने हिसावले पाडी बाच्छी हुुर्काउने कार्यक्रम पनि संचालन गरिरहेका छौं । यसरी कृत्रिम गर्भाधारणबाट जन्मिएका, तोकिएका केहि क्षेत्रमा एआई गरेर जन्मिएका पाडी बाच्छीलाई हुर्काएवापत किसानहरुलाई निश्चित रकम अनुदान दिने व्यवस्था गरीएको छ ।

त्यस्तै पशुु बीमा गरेमा बीमावापत किसानलाई सुविधा उपलब्ध गराइने उद्देश्यले किसानलाई पशुबीमातर्फ आर्कषण गर्ने कार्य गरिएको छ । पशबीमा गरेवापत ८० प्रतिशत संघीय सरकारले अनुदान दिदै आएको छ भने २० प्रतिशत किसानले तिर्नुपर्ने अनुदान रकम पनि भेटेरीनरी सुुधार तथा सेवा विज्ञ केन्द्रमार्फत रिफंन्ड गर्ने बीमा कार्यक्रमलाई निःशुुल्क बनाएका छौं । यो सगँसगै पशुुहरुलाई लाग्ने रोगहरु विरुद्ध जिल्लाभरीका सम्पुुर्ण पशुहरुलाई खोप लगाईदिनको लागि खोप उपलब्ध गराएका छौ । त्यसले गर्दा कास्की जिल्लामा पशुु चौपायमा पुुर्ण खोपको अभियान चलाएका छौँ । त्यस्तै गरी फार्म संञ्चालन गर्ने कृषकहरुलाई पनि सहुलियतको कार्यक्रमहरु पनि ल्याएका छौं ।

पशु सेवा विज्ञ केन्द्र कास्कीका कार्यालय प्रमुख शम्भु पाण्डे संगको कुराकानीमा आधारित

२२ जेष्ठ २०७९, आईतवार ११:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा