Play

सरकारी सुविधाको रकम विपन्न बालबालिकालाई छात्रबृद्धि प्रदान गर्नेछु :वडाध्यक्ष कार्की

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ का नवनिर्वाचित जनप्रतिनिधिहरुले वडाको प्रशासनिक भवन निर्माणका साथै वडाको प्रत्येक टोलमा सरसफाई कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नव निर्वाचित वडाध्यक्ष बोधबहादुर कार्कीसहित सदस्यले पदभार ग्रहण गर्दै सुत्केरी पोषण कार्यक्रम संचालन गर्ने, वडाको मुख्य सडक मर्मत सम्भार गर्ने, गरीव बस्ती, मुख्य चोक र वडा कार्यालयमा फ्रि वाइफाइको सेवा दिने प्रतिबद्धता पनि जनाएका छन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष कार्कीले आफुले सरकारी सुविधा वापत प्राप्त रकमबाट विपन्न वर्गका बालबालिकालाई छात्रबृद्धि प्रदान गर्ने बताए । विश्वासका साथ आफ्नो टिमले प्राप्त गरेको जनमतलाई खेर जाने नदिने गरि आफ्नो टिम पूर्ण रुपमा जनताको काममा समर्पित रहने कार्कीले विश्वास दिलाए ।

पोखराको गौरवको रुपमा रहेको अन्तराष्ट्र्रिय विमानस्थलले वडा नं १४ को विकासमा सहयोग नगरेको भन्दै वडाध्यक्ष कार्कीले राष्ट्रिय गौरवको आयोजनाले वडावासीलाई दुखः दिएको र यहाँका जनताका समस्या नसुने विमानस्थलको तारबार तोड्न पनि पछि नपर्ने उनले चेतावनी पनि दिए ।

नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्कीसहित सदस्यहरु दिलमाया गुरुङ, कृष्णहरि काफ्ले ,तनुजा थापा सिके र गोपालप्रसाद सापकोटाले पदभार ग्रहण गरे।

१५ जेष्ठ २०७९, आईतवार १९:१० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा