Play

सरकारी सुविधाको रकम विपन्न बालबालिकालाई छात्रबृद्धि प्रदान गर्नेछु :वडाध्यक्ष कार्की

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ का नवनिर्वाचित जनप्रतिनिधिहरुले वडाको प्रशासनिक भवन निर्माणका साथै वडाको प्रत्येक टोलमा सरसफाई कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नव निर्वाचित वडाध्यक्ष बोधबहादुर कार्कीसहित सदस्यले पदभार ग्रहण गर्दै सुत्केरी पोषण कार्यक्रम संचालन गर्ने, वडाको मुख्य सडक मर्मत सम्भार गर्ने, गरीव बस्ती, मुख्य चोक र वडा कार्यालयमा फ्रि वाइफाइको सेवा दिने प्रतिबद्धता पनि जनाएका छन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष कार्कीले आफुले सरकारी सुविधा वापत प्राप्त रकमबाट विपन्न वर्गका बालबालिकालाई छात्रबृद्धि प्रदान गर्ने बताए । विश्वासका साथ आफ्नो टिमले प्राप्त गरेको जनमतलाई खेर जाने नदिने गरि आफ्नो टिम पूर्ण रुपमा जनताको काममा समर्पित रहने कार्कीले विश्वास दिलाए ।

पोखराको गौरवको रुपमा रहेको अन्तराष्ट्र्रिय विमानस्थलले वडा नं १४ को विकासमा सहयोग नगरेको भन्दै वडाध्यक्ष कार्कीले राष्ट्रिय गौरवको आयोजनाले वडावासीलाई दुखः दिएको र यहाँका जनताका समस्या नसुने विमानस्थलको तारबार तोड्न पनि पछि नपर्ने उनले चेतावनी पनि दिए ।

नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्कीसहित सदस्यहरु दिलमाया गुरुङ, कृष्णहरि काफ्ले ,तनुजा थापा सिके र गोपालप्रसाद सापकोटाले पदभार ग्रहण गरे।

१५ जेष्ठ २०७९, आईतवार १९:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा