Play

शिक्षामा सबैको पहुँच पुगोस् भन्ने हाम्रो उद्देश्य हो : वडाध्यक्ष गुरुङ

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० का नवनिर्वाचित जनप्रतिनिधिहरुले वडा भित्रका सामुदायिक विद्यालयहरुमा निशु्ल्क भर्ना अभियान संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नवनिर्वाचित वडाध्यक्ष राजेश गुरुङसहित सदस्यले पदभार ग्रहण गर्दै आफ्नो वडाभित्रको सामुदायिक विद्यालयमा निशुल्क भर्नासंगसंगै शुल्क तिर्न नसकेकै कारण कुनै पनि विद्यार्थीलाई परीक्षा दिनबाट बंचित नगरिने प्रतिबद्धता जनाएका हुन् । ‘शिक्षामा सबैको पहुँच पुगोस् भन्ने हाम्रो उद्देश्य हो’ नवनिर्वाचित अध्यक्ष गुरुङले भने ‘शुल्क तिर्न नसकेकै कारण अब वडाभित्रका विद्यार्थी कसैले पनि पढ्न र परीक्षा दिनबाट बंचित हुनु पर्दैन ।’

वडासचिव हरीकृष्ण कार्कीको नेतृत्वमा वडाका कर्मचारीहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कार्यालयमा स्वागत गरेका थिए । नवनिर्वाचित वडाध्यक्ष गुरुङले पारदर्शी ढंगले सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

नवनिर्वाचित वडाध्यक्ष राजेश गुरुङसहित सदस्यहरु नरदेवी गुरुङ, सुनीमाया सार्की, परमेश्वरबहादुर कार्की र पूर्णचन्द्र न्यौपानले विहीबार पदभार ग्रहण गरे।

१४ जेष्ठ २०७९, शनिबार १६:२१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा