Play

शिक्षामा सबैको पहुँच पुगोस् भन्ने हाम्रो उद्देश्य हो : वडाध्यक्ष गुरुङ

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० का नवनिर्वाचित जनप्रतिनिधिहरुले वडा भित्रका सामुदायिक विद्यालयहरुमा निशु्ल्क भर्ना अभियान संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नवनिर्वाचित वडाध्यक्ष राजेश गुरुङसहित सदस्यले पदभार ग्रहण गर्दै आफ्नो वडाभित्रको सामुदायिक विद्यालयमा निशुल्क भर्नासंगसंगै शुल्क तिर्न नसकेकै कारण कुनै पनि विद्यार्थीलाई परीक्षा दिनबाट बंचित नगरिने प्रतिबद्धता जनाएका हुन् । ‘शिक्षामा सबैको पहुँच पुगोस् भन्ने हाम्रो उद्देश्य हो’ नवनिर्वाचित अध्यक्ष गुरुङले भने ‘शुल्क तिर्न नसकेकै कारण अब वडाभित्रका विद्यार्थी कसैले पनि पढ्न र परीक्षा दिनबाट बंचित हुनु पर्दैन ।’

वडासचिव हरीकृष्ण कार्कीको नेतृत्वमा वडाका कर्मचारीहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कार्यालयमा स्वागत गरेका थिए । नवनिर्वाचित वडाध्यक्ष गुरुङले पारदर्शी ढंगले सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

नवनिर्वाचित वडाध्यक्ष राजेश गुरुङसहित सदस्यहरु नरदेवी गुरुङ, सुनीमाया सार्की, परमेश्वरबहादुर कार्की र पूर्णचन्द्र न्यौपानले विहीबार पदभार ग्रहण गरे।

१४ जेष्ठ २०७९, शनिबार १६:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा