Play

पेट्रोलियम पदार्थमा लाग्दै आएको प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी

गुरुकुल खबर


काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो ।

मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइनेछ । बजेटमार्फत यसलाई सम्बोधनको तयारी गरिएको छ । खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ । यसअघि नेपाल आयल निगमले सरकारसँग लिटरमा १५ रुपैयाँ कर घटाउन प्रस्ताव गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्‍याइएको छ । केही दिनअघि भारत सरकारले पनि कर कटाैती गरी इन्धनमा राहत प्रदान गरेको थियो ।

अत्याधिक करका कारण इन्धनको मूल्य अचाक्ली भएको भन्दै चर्काे आलोचना भएपछि सरकारले केही कर घटाउन लागेको हो ।

हाल आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा, १ सय ३४ रुपैयाँ ५४ पैसामा किनिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर/शुल्क लाग्ने गरेको छ ।

१३ जेष्ठ २०७९, शुक्रबार १६:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा