Play

मादी गाँउपालिकाका उम्मेदवारको प्रतिबद्धता पत्रमा ‘मादी प्रज्ञा प्रतिष्ठान’

गुरुकुल खबर


पोखरा । स्थनीय निकायको चुनावी अभियानकै सिलसिलामा मादी गाउँपालिकाको गठबन्धन तर्फका उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्रमा प्रज्ञा प्रतिष्ठानको एजेण्डालाई समेटेका छन् ।
नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका देवीजंग गुरुङ र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष उम्मेदवार बनेका लालबहादुर गुरुङलगायतले प्रतिबद्धता पत्रमा प्रज्ञा प्रतिष्ठानको एजेण्डालाई समेटेका हुन् । ‘मादीमा गाउँपालिकामा मात्रै थुप्रै कलाकारहरु छन्, यहाँ मादी प्रज्ञा प्रतिष्ठानको आवश्यकता छ’ अध्यक्ष पदका उम्मेदवार देवीजंगले भने ‘जीत पश्चात मादी प्रज्ञा प्रतिष्ठान निर्माण प्राथमिकताको विषय बन्नेछ ।’
२०७४ सालाको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट विजय पाएका वेदबहादुर गुरुङ श्यामले आफु एक कलाकार भएर पनि कला क्षेत्रकालागि कुनै काम नगरेको प्रति असन्तुष्ट जनाउँदै आएका मादी गाउँपालिकामा रहेका कलाकारहरुले भने अहिले खुशी व्यक्त गरेका छन् ।
‘आफु एक कलाकार भएर पनि गाँउपालिका प्रमुख भएर बस्दा कलाकारको हितका लागि कुनै पहल नै गरेनन्’ गुरुङ चलचित्रका निर्माता एवम् निर्देशक विभागका पूर्वप्रमुख सोमबहादुर गुरुङको आरोप छ । जिफानका पूर्व विभाग प्रमुख नौजंग गुरुङ नेपाल साँस्कृतिक संघका केन्द्रीय उपसभापति कृष्णकुमार गुरुङले पनि अघिल्लो स्थानीय निर्वाचनको तीनै तहमा एमालेको सरकार हुदाँ पनि कला र कलाकारको पक्षमा कुनै पनि काम नगरेकोमा दुख व्यक्त गर्दै अहिलेको प्रतिबद्धतापत्र प्रति खुशी व्यक्त गरेका छन ।

 

 

२० बैशाख २०७९, मंगलवार २०:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा