Play

मादी गाँउपालिकाका उम्मेदवारको प्रतिबद्धता पत्रमा ‘मादी प्रज्ञा प्रतिष्ठान’

गुरुकुल खबर


पोखरा । स्थनीय निकायको चुनावी अभियानकै सिलसिलामा मादी गाउँपालिकाको गठबन्धन तर्फका उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्रमा प्रज्ञा प्रतिष्ठानको एजेण्डालाई समेटेका छन् ।
नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका देवीजंग गुरुङ र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष उम्मेदवार बनेका लालबहादुर गुरुङलगायतले प्रतिबद्धता पत्रमा प्रज्ञा प्रतिष्ठानको एजेण्डालाई समेटेका हुन् । ‘मादीमा गाउँपालिकामा मात्रै थुप्रै कलाकारहरु छन्, यहाँ मादी प्रज्ञा प्रतिष्ठानको आवश्यकता छ’ अध्यक्ष पदका उम्मेदवार देवीजंगले भने ‘जीत पश्चात मादी प्रज्ञा प्रतिष्ठान निर्माण प्राथमिकताको विषय बन्नेछ ।’
२०७४ सालाको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट विजय पाएका वेदबहादुर गुरुङ श्यामले आफु एक कलाकार भएर पनि कला क्षेत्रकालागि कुनै काम नगरेको प्रति असन्तुष्ट जनाउँदै आएका मादी गाउँपालिकामा रहेका कलाकारहरुले भने अहिले खुशी व्यक्त गरेका छन् ।
‘आफु एक कलाकार भएर पनि गाँउपालिका प्रमुख भएर बस्दा कलाकारको हितका लागि कुनै पहल नै गरेनन्’ गुरुङ चलचित्रका निर्माता एवम् निर्देशक विभागका पूर्वप्रमुख सोमबहादुर गुरुङको आरोप छ । जिफानका पूर्व विभाग प्रमुख नौजंग गुरुङ नेपाल साँस्कृतिक संघका केन्द्रीय उपसभापति कृष्णकुमार गुरुङले पनि अघिल्लो स्थानीय निर्वाचनको तीनै तहमा एमालेको सरकार हुदाँ पनि कला र कलाकारको पक्षमा कुनै पनि काम नगरेकोमा दुख व्यक्त गर्दै अहिलेको प्रतिबद्धतापत्र प्रति खुशी व्यक्त गरेका छन ।

 

 

२० बैशाख २०७९, मंगलवार २०:३७ मा प्रकाशित
Nabintech