Play

स्थानीय निर्वाचनलाई लक्षित गरी कदम मार्गमा निर्वाचन कार्यालय स्थापना

गुरुकुल खबर


पोखरा । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस कदममार्ग टोल इकाई समिति वडा नं १४ ले आज एक कार्यक्रमको आयोजना गरी सम्पर्क कार्यालयको स्थापना गरेको छ ।

कार्यालय स्थापना कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार बोधराज कार्कीले आफ्नो वडाबासीको समस्या समाधानका साथै १४ नं वडाको विकासका लागि आफु वडा अध्यक्ष पदको उमेदवार बनेको स्पष्ट पारे । विगतको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनु परेपनि यो निर्वाचनमा भने वडाबासीको सहयोग र आफ्नो मुल एजेण्डाले विजयी बन्नेमा विश्वस्त रहेको बताए ।‘वडामा सुशासन कायम गर्नु र हरेक काममा पारदर्शिता देखाउनु मेरो पहिलो एजेण्डा हो कार्कीले बताए ।’

कार्कीले वडाबासीको सहयोगको अपेक्षाका अमूल्य मतका लागि आग्रह गरे । प्रतिष्पर्धामा एक मतको महत्व पनि ठुलो हुने बताउदै कार्कीले टोलबासीसंग अमुल्य मत दिएर विजयी बनाउन अनुरोध गरे ।
अर्का उमेदवार माओवादी केन्द्रका शिवराज कडेलले पनि सबै टोलबासीसंग अमुल्य मतको आग्रह गर्दै समुन्नत पोखरा र समुन्नत वडा निर्माणका लागि आफ्नो र आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इकाई सभापति कल्याण सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस वडा इकाई समिति १४ का सभापति दिवस कुँवर, शैक्षिक व्यक्तित्व डा.लक्ष्मीशरण अधिकारी, आमा समुहका तर्फबाट अम्बादेवी गिरी, कदम टोल विकास संस्थाका अध्यक्ष राजकुमार भण्डारी, विमल बस्याल, ईकाई समिति सचिव सविना क्षेत्री लगायतले सुशासन र विकासकालागि नेपाली काँग्रेसको विकल्प अर्को पार्टी नभएको दावी गरे ।
यसैबीच नेपाली काँग्रेस वडा नम्बर १४ ले कदम मार्गदेखि विपीमार्गसम्म सोमबार घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । पोखराको वडा नं १४ मा गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका बोधराज कार्की र सदस्यहरुमा  शिवराज कँडेल, कृष्णहरी काफ्ले, तनुजा थापा सि के र दिलमाया गुरुङले उम्मेदवारी दिएका छन् ।

१९ बैशाख २०७९, सोमबार १७:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा