पोखरा, नेपाली कांग्रेस कास्कीले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस सहित गठबन्धनमा रहेका दलका उमेदवारलाई बिजयी गराउन र निर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्नका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरेको छ । कास्की कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालको सभापतित्वमा बुधवार सम्पन्न विशेष बैठकले विभिन्न समिति र उपसमितिहरु गठन गरेको हो ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालको संयोजकत्वमा गठित मूल प्रचार प्रसार समितिमा नेपाली काँग्रेस कास्कीका ३ वटै क्षेत्रका क्षेत्रीय सभापतिहरु क्रमशः राजेन्द्रमणी लामिछाने, केशर प्रसाद निर्दोषी, मनोज गुरुङ्ग, पोखरा महानगरपालिकाका सभापति सुरेन्द्रमान बिजुक्छे, रुपा गाउंपालिकाका सभापति बिमल बाबु न्यौपाने , मादी गाउंपालिकाका सभापति यम बहादुर गुरुडं, अन्नपूर्ण गाउं पालिकाका सभापति मनपति भण्डारी र माछापुच्छ्रे गाउंपालिकाका सभापति विरेन्द्र गुरुडं सहसंयोजक रहनु भएकोे छ
वैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु वराल, नेपाली काँग्रेस गण्डकी प्रदेश सहमहामन्त्री एवं पोखरा महानगर पालिकाको उपपप्रमुखका उम्मेदवार कोपीला रानाभाट, पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु,क्षेत्रीय समितिका पदाधिकारीहरु , पोखरा महानगरपालिका सहित पांचवटा पालिकाका सभापति एवं पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो
बैठकले अर्थ ब्यवस्थापन उप-समितिमा जिल्ला कोषाध्यक्ष माईकल कर्माचार्य , अनुगमन उपसमितिमा जिल्ला उपसभापति राम बाबु भण्डारी, सचिवालय व्यवस्थापनमा संयोजक भानुभक्त ढकाल ,सह संयोजक शंकर ढुङ्गाना बुद्दीजिवी परिचालनमा आनन्दराज मुल्मी र उधोगी व्यवसायी, पर्यटन क्षेत्र परिचालन उपसमितिमा विश्वशंकर पालिखे संयोजक रहनुभएको कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिनुभयो ।
यसैगरि सूचना तथा संचार समन्वय उपसमिति परिचालनमा संयोजक गंगाधर पराजुली, गठवन्धन सचिवालय व्यवस्थापन तथा समन्वय उपसमिति संयोजक नविन सिग्देल सहसंयोजक दिनेश आचार्य ,प्रजातन्त्रबादी प्राध्यापक परिचालनमा देवीलाल तिमिल्सीना , स्वयंसेवक परिचालनमा सुरज जंग राणा, भातृ संस्था परिचालनमा गणेश बस्नेत ,शुभेच्छुक सस्था परिचालनमा शिरोमणि लामीछाने ,विधार्थी परिचालनमा विकास थापा , निर्वाचन आयोग समन्वयमा युवक लामिछाने , आवास व्यवस्थापन उपसमितिमा चौ वहादुर गुरुङ्ग संयोजक रहनु भएकोे छ
यसैगरि बुंथ परिचालनमा खेम बहादुर गुरुडं, प्रचार प्रसार सामाग्री व्यवस्थापनमा प्रयागराज भण्डारी, युवा तरुण परिचालनमा दिपक गुरुडं, महिला आमा समुह परिचालनमा सिता शर्मा, ट्रेड युनियन परिचालनमा विजया लक्ष्मी ,यातायात व्यवस्थापनमा जीत बहादुर गुरुडं, प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिक परिचालनमा देवदत्त कोईराला, संघ संस्था परिचालनमा टुवराज बांस्तोला, किसान परिचालनमा अमृत कुमार श्रेष्ठ, दलित समुदाय परिचालनमा मन बहादुर लाम्गादे, भूपु सैनिक परिचालनमा कर्णेल कृष्ण बहादुर खत्री, सांस्कृतिक संघ परिचालनमा चोलेन्द्र पौडेल, सुकुम्वासी तथा अव्यवस्थित वसोवासी परिचालनमा आस बहादुर गुरुडं, मुस्लिम समुदाय परिचालनमा कसरीन मियाँ , पुर्व राष्ट्र सेवक कर्मचारी परिचालनमा राम्जी प्रसाद कोईराला, टोल विकास संस्था परिचालनमा लक्ष्मी लम्साल, एजेण्ट व्यवस्थापनमा शंकर ढुंगाना,मत गणक व्यवस्थापनमा सुदिप मोहन भट्टराई,मन्च व्यवस्थापनमा विष्णु कार्की, मिडिया वार रुम व्वयसथापनमा वर्षा केशव पराजुली संयोजक र गणेश थापा सहसंयोजक , जलपान व्यवस्थापनमा ज्योती कोईराला, प्राथमिक उपचार व्यवस्थापनमा डा दिपक सुबेदी , मतदाता शिक्षामा निर्मला कार्की भण्डारी, सहकारी संस्था परिचालनमा तारा बराल संयोजक रहनु भएकोे छ ।
मादी गा.पा.समन्वय उपसमिति संयोजक धनमाया गुरुङ्ग, रुपा गा.पा.समन्वय उपसमिति संयोजक दक्षिणा सुवेदी अन्नपूर्ण गा.पा.समन्वय उपसमिति संयोजक विष्णु अधिकारी माछापुछ गा.पा.समन्वय उपसमिति संयोजक सुदिप गौतम लाई राखिएको सूचना तथा संचार समन्वय उपसमिति,कास्कीका संयोजक गंगाधर पराजुलीले जानकारी दिनुभयो ।
सत्ता गठबन्धन दलहरुको तर्फबाट कास्कीका सबै जसो पालिका र वडाहरुमा तालमेल हुन नसकेपनि पोखरा महानगरपालिकामा नेकपा एसबाट प्रमुखमा धनराजआचार्य र नेपाली कांग्रेसबाट उपप्रमुखमा कोपिला रानाभाटको उमेदवारी परेको छ । मादी गाउं पालिकामा कांग्रेस र माओबादी केन्द्र बिच अध्यक्ष र उपाध्यक्ष बिच तालमेल भएको र कतिपय वडामा पनि मिलेर उमेदवारी दर्ता भएको छ । स्थानीय आवश्यकताको आधारमा गठबन्धनमा रहेका दलहरुको बिचमा तालमेलको प्रयास जारी रहेको बताईन्छ ।