पोखरा , नेपाली कांग्रेस कास्कीले संगठन सुदृढ़ीकरण गर्न तथा कार्य समितिका सदस्यहरुलाई ज़िम्मेवारी दिन बिधान अनुसार बिभिन्न शाखाहरु गठन गरेको छ । पार्टीको बिधानमा ६ वटा शाखाहरु उल्लेख गरिएको र आवश्यकता अनुसार विभिन्न शाखा गठन गर्न सक्ने प्रावधान रहेकोले सोही अनुसार विभिन्न २४ वटा शाखाहरु गठन गरिएको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिनुभएको छ ।
गठित शाखाहरु मध्ये संगठन शाखा संयोजकमा युवक लामिछाने र सह संयोजकमा लक्ष्मी लम्साल , विकांस शाखा संयोजकमा रामजी प्रसाद कोइराला र सहसंयोजकमा ज्योति कोइराला , कार्यक्रम तथा समन्वय शाखाको संयोजकमा वर्षाकेशव पराजुली र सहसंयोजकमा निर्मला कार्की भण्डारी रहनुभएको छ ।
यसैगरि अभिलेख शाखा संयोजकमा ऋषिराम सुवेदी , प्रचार प्रसार शाखा संयोजकमा विश्व शंकर पालिखे , सह संयोजकमा कमला विन्दु वराल , उद्योग तथा वाणिज्य शाखा संयोजकमा वावुराम गिरी , पेशागत तथा वुद्धिजिवी शाखा संयोजकमा सह संयोजकमा विष्णु अधिकारी सह संयोजकमा तारा वराल रहनुभएको छ ।
यसैगरि पर्यटन शाखा संयोजकमा सुदिप गौतम , कृषी, सहकारी तथा वित्तिय शाखा संयोजकमा विष्णु कार्की , स्वास्थ्य शाखा संयोजकमा डा.दिपक सुवेदी , श्रमिक तथा ट्रेड यूनियन शाखा संयोजकमा सीता शर्मा , युवा तथा खेलकुद शाखा संयोजकमा गणेश वस्नेत , शिक्षा, अनुसन्धान, विज्ञान तथा प्रविधि शाखा संयोजकमा विजया लक्ष्मी कोइराला , विपद व्यवस्थापन शाखा संयोजकमा चौ वहादुर गुरुङ्ग सह संयोजकमा चन्द्रमाया गुरुङ्ग, शान्ति सुरक्षा तथा प्रशासन शाखा संयोजकमा खेम वहादुर गुरुङ्ग , संघ संस्था समन्वय शाखामा संयोजक दक्षिणा सुवेदी , अव्यस्थित वसोवास समन्वय शाखा संयोजकमा मानेन्द्र कुमाल , स्थानीय तह समन्वय शाखा संयोजकमा धनमाया गुरुङ्ग , भातृ संस्था समन्वय शाखा संयोजकमा अर्जुन गुरुङ्ग, सह संयोजकमा तारादेवी गुरुङ्ग रहनुभएको छ ।
यसैगरि शुभेच्छुक संस्था समन्वय शाखा संयोजकमा गंगाधर पराजुली सह संयोजकमा देवी गुरुङ्ग, भाषा, साहित्य तथा कला शाखा संयोजकमा सविना तिमिल्सीना , गैर सरकारी संस्था शाखा संयोजकमा कसिरन मियाँ, अपांग समन्वय शाखा संयोजकमा अर्पण कोइराला दलित समन्वय शाखा संयोजकमा मन वहादुर लाम्गादे र सह संयोजकमा मिना कुमारी परियार रहेको जानकारी कास्की कांग्रेसका सचिव भानु ढकालले गुरुकुल खवर लाई जानकारी दिनुभयो ।