Play

स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको नयाँ समिति, अध्यक्षमा अन्जना केसी

गुरुकुल खबर


पोखरा, अपांगता भएका व्यक्तिहरुको हितमा बिभिन्न गतिबिधि संचालन गर्दै आएको संस्था स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको १८ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले अन्जना केसी अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट चयाँ गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा डिल्लीराम सुवेदी, महासचिवमा सन्ध्या सुवेदी र कोषाध्यक्ष गंगा गुरुङ रहेका छन भने सदस्यहरुमा पविता बस्नेत, अमरबहादुर थापा, गोविन्द कार्की रहेको छन ।

अधिबेशनको शुभारम्भमा पोखरा महानगरपालिका -७ का वडाध्यक्ष रममोहन आचार्य, राष्ट्रिय अपांग महासंघ गण्डकी नेपाल गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरुङ लगायतले अपांगताका जटिल पक्ष बाहिर ल्याउन सकेमात्र समाज र राष्ट्रले बुझ्न सक्ने भन्दै अपांगताको सवालमा राज्यका निकाय जिम्मेवार र जवाफदेही बन्न पर्ने बताए ।

कार्यक्रममा तालबाराही माविका प्रधानाध्यापक द्रोणराज भुर्तेल, स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका कार्यक्रम संयोजक दिनेश अधिकारी, वित्त संयोजक पूजा कोइराला, अभिभावक लोचना अधिकारी लगायतले अपांगताको सवालमा बोलेका थिए । सभाले स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका महासचिव सन्ध्या सुवेदीले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गंगा गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधार सहित पारित गरेको संस्थाका पुर्व अध्यक्ष हेम बहादुर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

१० मंसिर २०८३, बिहीबार ०८:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा