Play

शुशासनको लागि नागरिक समाज कास्कीमा नयाँ समिति, विश्वको उमेदवारी फिर्तापछि अध्यक्षमा बिष्णु

गुरुकुल खबर


पोखरा, शुशासनको लागि नागरिक समाज कास्की अध्यक्षमा अधिवक्ता विष्णुप्रसाद अधिकारी निर्वाचित भएका छन् । संस्थाको २० औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशनले अधिकारी अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। कार्यसमिति उपाध्यक्षमा शिवहरि आचार्य, सचिव विष्णुप्रसाद पौडेल, सहसचिव इन्दिरा भण्डारी कोइराला र कोषाध्यक्षमा मञ्जु गौतम चयन भएका छन ।

समितिको सदस्यहरुमा घनश्याम पौडेल, विश्वमोहन अधिकारी, सुरेन्द्र परियार, भीम न्यौपाने, प्रकाश थापा र मुक्ति रेग्मी चयन भएको पूर्व अध्यक्षसमेत रहेका निर्वाचन मण्डल संयोजक रवीन्द्रनाथ बास्तोलाले घोषणा गरेका थिए ।

संस्थाको अधिबेशनको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले गरेका थिए । त्यस अवसरमा विशिष्ट अतिथि टान्सपरेन्सी नेपालका पूर्व उपाध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, संस्थापक अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर लगायतले आआफ्नो भनाई राखेका थिए ।

सिरोजविजय कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव शान्ति गुरुङले गरेकी थिईन। अध्यक्षमा निर्वाचित अधिकारीले निर्वाचन समितिसहित बौद्धिक व्यक्तित्व आनन्दराज मुल्मी, पूर्व अध्यक्ष सुरेन्द्र थापामगर, पूर्व अध्यक्षहरू चन्द्रकृष्ण कर्माचार्य, पुण्य पौडेल, सुन्दर गुरूङ, प्रा.डा. वेदनाथ शर्मालगायत सम्पूर्ण संस्थाका साधारण सदस्यहरूले आफूलाई अध्यक्षमा निर्विरोध निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराए ।

अध्यक्षमा चाहना राखेका पूर्व कोषाध्यक्ष विश्वमोहन अधिकारीले संस्थाको भावना अनुरूप सदस्यमा रहेर सहयोग गर्ने प्रतिबद्धता साथ उम्मेदवारी फिर्ता लिई आफूलाई समर्थन गरेको उनले बताए ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले संस्थाको गरिमा र पूर्व अध्यक्षहरूको बिरासत उचो बनाउँदै भ्रष्टाचारविरूद्धको अभियानलाई निरन्तर अगाडि बढाउँदै दैनिक जनसरोकारका कार्यालय तथा नियामक निकायहरूमा सुशासन, सदाचार, पारदर्शिता र जवाफदेही प्रशासनका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

७ मंसिर २०८३, सोमबार १०:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा