Play

पोखरा बहुमुखी क्याम्पसमा आँखा जांच र सचेतना कार्यक्रम

गुरुकुल खबर


पोखरा, पोखराको शान्तिवनमा संचालनमा रहेको पोखरा बहुमुखी क्याम्पसले आफ्नो ४०औँ वार्षिकोत्सवको अवसर पारेर यहि मंसिर ३ गते बिहिबार निःशुल्क आँखा परीक्षण शिविर तथा सचेतना कार्यक्रम गरेको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

आँखा परिक्षण शिविरमा स्थानीय सर्वसाधारण, विद्यार्थी, प्राध्यापक र कर्मचारी गरी जम्मा २ सय २० जनाको आँखा परीक्षण गरिएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिईन। आँखा जाँच गरिएकामध्ये ४० वर्षभन्दा माथिका ८० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने करिब  २ सय जनालाई औषधि वितरण र ४ जनालाई शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको बताइएको छ ।

सोही अवसरमा आयोजित आँखा स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रममा ५५ जना सहभागी भए । प्रशिक्षणमा आँखाको हेरचाह, दृष्टि सुरक्षा र आँखा स्वास्थ्यको महत्त्वबारे जानकारी दिइयो । हिमालय आँखा अस्पतालका दृष्टि अधिकृत गोविन्द योगी र बाह्य कार्यक्रम प्रमुख सुवास नेपाललगायतले कार्यक्रममा सहजीकरण गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले स्वागत मन्तव्य राखिन् । कार्यक्रमको सञ्चालन महेन्द्र रिमालले र संयोजन सञ्चालक समितिका सल्लाहकार प्राडा. दिलबहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्न कृष्ण पोखरेल, कुमारी मुना बास्तोला, नवीन नापित र भीमप्रसाद न्यौपाने सदस्य रहेको समिति बनाइएको थियो।

४ मंसिर २०८३, शुक्रबार ०८:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा