पोखरा, नेपाली काँग्रेसको नियमित १५ औं महाधिबेशन अन्तर्गत कास्कीका ३ वाट निर्बाचन क्षेत्रबाट निर्बाचित महाधिबेशन प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ। शनिबार पोखरामा आयोजित एक कार्यक्रममा कास्कीको क्षेत्र न ३ र क्षेत्र न.२ बाट निर्बाचित महाधिबेशन प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो। गण्डकी प्रदेश निर्बाचन समितिका संयोजक अधिबक्ता बिरेन्द्र केसी सहित नेपाली काँग्रेसका अग्रज नेताहरुले नवनिर्बाचित प्रतिनिधिहरुलाई पर्मंपत्र प्रदान गरेका थिए।
कास्कीको क्षेत्र न. ३ बाट नेपाली काँग्रेसका पुराना नेताहरु सहित बिभिन्न क्लष्टरबाट बिभिन्न व्यक्तित्वहरु महाधिबेशन प्रतिनिधिहरु निर्बिरोध रुपमा चयन गरिएको क्षेत्रिय सभापति पदम बस्ताकोटीले गुरुकुल खबरलाई जानकारी दिए। उनका अनुसार कांग्रेसमा रहेर लामो समय संघर्ष गरेका व्यक्तित्वहरु सहित नवयुवाहरु पनि महाधिबेशन प्रतिनिधि चयन गरिएको छ।
कास्की क्षेत्र न.३ बाट खुल्ला तर्फको क्लष्टरमा महाधिबेशन प्रतिनिधि चयन भएकाहरुमा पुर्व राज्यमन्त्री महादेव गुरुङ, कांग्रेसका पुराना नेता दुर्गाप्रसाद तिमिल्सिना, कास्की कांग्रेसका पुर्व उपसभापति पोषनाथ शर्मा, नेपाल तरुण दलका पुर्व केन्द्रीय सदस्य मुक्तिराम अधिकारी र पोखराका अग्रज पर्यटन ब्यबसायी गणेश बहादुर भट्टराई रहेका छन।
खुल्ला तर्फको क्लष्टरबाट महाधिबेशन प्रतिनिधिमा निर्बिरोध निर्बाचित हुने अन्यमा नेपाली काँग्रेस केन्द्रीय प्रचार बिभागका सदस्य एबम कास्की कांग्रेसका पुर्व जिल्ला सदस्य गंगाधर पराजुली, कांग्रेसका पुराना नेता टिका बहादुर गुरुङ, नेपाली काँग्रेस अन्नपुर्ण गाउँपालिकाका निबर्तमान सभापति मनपती भण्डारी, नेविसंघका पुर्व केन्द्रिय सदस्य डा. गोबिन्द बहादुर लामिछाने र दिपेन्द्र पौडेल दिपक रहेका छन।
महिलातर्फको खुल्ला क्लष्टरबाट तारा तिमिल्सिना, मन्दरा ढकाल, नारायणी कुँवर र शर्मिला खड्का अपांग तर्फबाट कृष्णप्रसाद ढुंगाना, १८ देखि २८ बर्ष उमेर समुहको क्लष्टरमा बिपिन पौडेल र गरिमा दवाडी, ४० बर्ष मुनिका युवामा जयप्रकाश थापा ‘पप्पु’ र कृष्ण कुमारी अधिकारी पोखरेल, प्रजातन्त्र सेनानीतर्फ मनहरी सुबेदी र टेकप्रसाद अधिकारी महाधिबेशन प्रतिनिधि चयन भएका छन ।
यसैगरी श्रमिक, किसान र पेशागत तर्फबाट अधिबक्ता बिरेन्द्र केसी, बाबुराम बालाकोटी, ई. बिश्वास आचार्य, र देबिप्रसाद अधिकारी महाधिबेशन प्रतिनिधिमा चयन भएका छन भने समाबेशी तर्फबाट तुलबहादुर भुजेल, अशोक भट्टचन, शिब बानिया, अधिबक्ता दुर्गा प्रसाद कोइराला, राधा गौतम (पद्मा), अधिबक्ता राजुराज अधिकारी, राजेन्द्ररमण पराजुली, लक्ष्मण पहारी (लक्की) र सनकमान सिके पनि महाधिबेशन प्रतिनिधि चयन भएको पार्टीले जनाएको छ।
यसबाहेक पार्टीको कास्की -३ को क्षेत्रिय सभापति पदम बस्ताकोटी, माछापुच्छ्रे गाउँपालिकाका सभापति माधव आचार्य र अन्नपुर्ण गाउँपालिकाका सभापति भरत केसी पनि पदेन महाधिबेशन प्रतिनिधि चयन भएका छन । उक्त क्षेत्र अन्तर्गतका दुई प्रदेश निर्बाचन क्षेत्रका सभापतिहरु पोषराज पौडेल शर्मा र दिपेन्द्र लामिछाने पनि पदेन महाधिबेशन प्रतिनिधि बनेका छन। पार्टीले गरेको पछिल्लो ब्यबस्थामा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाको मेयर, उपमेयर एबम प्रदेश सभा र प्रतिनिधि सभामा कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाइ पनि पदेन महाधिबेशन प्रतिनिधि बनाउने ब्यबस्था गरिएको छ।
सोही ब्यबस्था अनुसार कास्की क्षेत्र न. ३ बाट प्रदेश संसदमा निर्बाचित प्रकाश बराल र माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा निर्बाचित मिनबहादुर गुरुङ र उपाध्यक्षमा निर्बाचित सिता अधिकारी पदेन महाधिबेशन प्रतिनिधि बन्ने भएपनि प्रदेश सासदं बराल यस अगाडी सम्पन्न गगन थापा नेतृत्वको कांग्रेसको क्षेत्रिय सभापतिमा निर्बाचित भैसकेको र गुरुङ र अधिकारी पनि महाधिबेशन प्रतिनिधि चयन भैसकेकोले उनीहरु भने नियमित तर्फको महाधिबेशनमा सहभागी नहुने करिब निश्चित जस्तै छ।
महाधिबेशन प्रतिनिधि चयन भएकाहरुलाई शुक्रबार आयोजित समारोहमा १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय सदस्य गुरु बराल, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, गण्डकी प्रदेशका अर्थमन्त्री जित शेरचन, प्रदेशका पुर्वमन्त्री मणिभद्र शर्मा कंडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका पुर्व सभापति शोभियत बहादुर अधिकारी, प्रदेश सांसद दिपेन्द्र बहादुर थापा लगायतले प्रमाणपत्र वितरण गरेका थिए।














