कतार, कास्की जिल्लाबाट बिभिन्न रोजगारी एबम अन्य कामका लागि कतार पुगेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज कतारले बडादसैँ तथा शुभदीपावलीको अवसर पारेर गृहजिल्ला कास्कीमा दोस्रो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए। कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिब बानियाले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो।

कार्यक्रममा कास्की आदर्श समाज कतारका संस्थापक एबम पुर्व अध्यक्ष तिलकशाली सापकोटा, कास्की समाज नेपालका अध्यक्ष पुजा गिरि, समाजको नेपाल च्याप्टरका पुर्व अध्यक्ष विश्वबन्धु थापा, कतारका पुर्व अध्यक्ष आशबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र पोखराका प्रमुख महेन्द्र केसी, दिलिप देवकोटा लगायतले समाजले गरेका बिभिन्न कामको सराहना गर्दै आआफ्नो भनाई राखेका थिए। सोही अबसरमा सहितका रक्तदाताहरुलाई प्रमुख अतिथि कास्की आदर्श सेवा समाजका अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष शिव बानिया लगायतले प्रमाणपत्र वितरण गरेका थिए।
कास्की आदर्श समाज कतारका उपाध्यक्ष एबम कार्यक्रम संयोजक रामदास भुर्तेलका अनुसार पोखराको चिप्लेढुङ्गास्थित मानव अधिकार चोकमा आयोजित रक्तदान कार्यक्रममा समाजका सदस्यहरु एबम अन्यले समेत रक्तदान गरेका थिए। समाजको अन्तराष्ट्रिय समन्वय परिषद्को शनिबार पोखरामा हुने नबौं महाधिबेशनको सन्दर्भ पारेर कार्यक्रमको आयोजना गरिएको हो। ‘तपाईंको एक थोपा रगत, कसैको जीवनको अमूल्य उपहार’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको उनले गुरुकुल खबरलाई जानकारी दिए।

सोहि कार्यक्रमका अबसरमा कास्की आदर्श समाज कतारका आजीवन सदस्यका छोराछोरीमध्ये २०८२ सालको एसएलसी परीक्षामा सहभागी तथा उत्तीर्ण विद्यार्थीहरु करण बाँस्तोला, सुमित सेन्चुरी, अविनाश बिक, गौरब सापकोटा, बर्षा रानाभाटलाई सम्मान गरिएको थियो। त्यस अबसरमा उत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई नगद पुरस्कार समेत दिईएको समाजका अध्यक्ष अमृत विश्वकर्माले जानकारी दिए ।
कार्यक्रममा २३ औं पटक रक्तदान गरेका कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का प्रेस सल्लाहकार गंगाधर पराजुली सहित बिकासराज बराल, गणेशराज पहारी, ऋषिराम बिक, अनुप गिरी, शिब गिरी, कान्ति तिमिल्सिना अधिकारी, कमल पुन, सुकदेव सुनार, बाबुराम थापा, मानबहादुर कुँवर, मनोज कुमार सैंजु, नारायण कार्की, हंशराज ढकाल क्षत्री, कृष्णप्रसाद घिमिरे, जंगबहादुर पौडेल, गीता तिवारी, शिवा गिरी, दिवस सुबेदी,कमल राई, रामदास भुर्तेल,यमबहादुर पुन, डा. किस्मत भण्डारी र रमेश खत्री लगायतले रक्तदान गरेका थिए।

कास्की आदर्श समाज कतारले कतार तथा गृहजिल्ला कास्कीमा विभिन्न सामाजिक र परोपकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । समाजले विपदमा परेकाहरुलाई सहयोग गर्नुका साथै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान र सामाजिक सद्भाव अभिवृद्धि गराउनको लागि बिभिन्न कार्यक्रम गर्दै आएको कास्की समाज कतारका अध्यक्ष अमृत बिश्वकर्माले जानकारी दिए ।













