Play

नियमित महाधिबेशन पक्षधर कांग्रेसको जिल्ला अधिबेशन आइतबार, डा. शशांकले उद्घाटन गर्ने

नियमित १५ औं महाधिबेशनपछि कांग्रेसलाई जनताले बिश्वास र भरोसा गर्ने पार्टी बनाउछौं - गुरु बराल, केन्द्रिय सदस्य


गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसमा नियमित १५ औं महाधिबेशन पक्षधरहरुको समुहको कास्की जिल्ला अधिबेशन यहि कार्तिक १५ गते आइतबार पोखरामा हुने भएको छ। शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रमममा दिईएको जानकारी अनुसार कास्की जिल्ला अधिबेशनको उद्घाटन १५ औं महाधिबेशन तयारी समितिका केन्द्रीय संयोजक एबम नेपाली काँग्रेसका पुर्व महामन्त्री डा. शशांक कोइरालाले गर्ने तय भएको छ। अधिबेशनको उद्घटन समारोहमा पार्टीका अन्य केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अधिबेशन तयारी समितिका संयोजक ऋषिराम काफ्लेले जानकारी गराए। पोखरा -९ बाँस्तोलाथरस्थित सिल्भर प्लेट पार्टी प्यालेसमा अधिबेशनको उद्घाटन  समारोह हुने बताइएको छ।

नेपाली कांग्रेसको नियमित १५ औँ महाधिवेशन २०८३ साल मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने तय भएपछि पार्टीको केन्द्रीय निर्देशन बमोजिम नै कास्की जिल्ला लगायत देशभर विभिन्न तहका अधिवेशनको प्रक्रिया अगाडी बढेकोमा कास्कीमा गत असोज ५ गतेदेखि केन्द्रीय प्रतिनिधिको रुपमा खटिएका प्राध्यापक डा. कृष्णप्रसाद गौतम र निर्बाचन समितिको प्रतिनिधिको रुपमा खटिएका नेपाल बार एसोसिअसनका पुर्व केन्द्रीय उपाध्यक्ष एबम अधिबक्ता बिरेन्द्र केसीको उपस्थितिमा अधिवेशनका प्रक्रियालाईइ निरन्तरता दिईएको हो ।

निर्बाचन समितिले हालसम्म कास्की जिल्ला भित्रका ७२ वडा, ५ वटा पालिका, ५ वटा प्रदेश निर्बाचन क्षेत्र र ३ वटा निर्बाचन क्षेत्रमा अधिबेशन सम्पन्न गरेको जनाएको छ अधिबेशनबाट निर्बाचित क्षेत्रिय सभापतिहरुमा कास्की -१ मा आनन्द सुबेदी, क्षेत्र न. २ मा राजेन्द्र बराल, क्षेत्र न. ३ मा पदम बस्ताकोटी, पोखरा महानगर् समितिको सभापतिमा मिलन तिवारी निर्बिरोध निर्बाचित भैसकेका छन। यसैगरी माछापुछ्रे गाउँ पालिकाको सभापतिमा माधव आचार्य, अन्नपुर्ण गाउँपालिकाको सभापतिमा भरत केसी, मादी गाउँ पालिकाको सभापतिमा खेमबहादुर जिसी र रुपा गाउँ पालिकाको सभापतिमा ढक बहादुर थापा पनि निर्बिरोध निर्बाचित भएका छन ।

पत्रकार भेटघाट कार्यक्रममा वितरित बिज्ञप्तीमा जनाइए अनुसार कास्की १ को प्रदेश सभापतिहरूमा ई. परशुराम बस्नेत र ई. अबित केसी, कास्की -२ को प्रदेश सभापतिहरूमा सुदिप गुरुङ र अभियान कोइराला एबम कास्की ३ को प्रदेश ख को सभापति दिपेन्द्र लामिछाने निर्बाचित भएका छन । कास्की-३ को प्रदेश क को अधिबेशन भने बिशेष कारणबस स्थगित भएको र शनिबार सम्ममा सम्पन्न गरिने भएको छ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला अधिबेशन तयारी समितिका संयोजक ऋषिराम काफ्लेले अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, विभिन्न तहका पदाधिकारी तथा पार्टीका शुभेच्छुकहरूलाई उपस्थित हुन आग्रह गरेका थिए।  उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै सहमति, सहकार्य र आपसी सद्भाव कायम गरी नेपाली कांग्रेसको नियमित १५ औँ महाधिवेशनलाई सफल बनाउन सबैको सक्रिय सहभागिता, सहयोग र योगदानको अपेक्षा गरेको समेत जानकारी गराए।

कार्यक्रममा पार्टीको १४ औ महाधिबेशनबाट निर्बाचित केन्द्रीय सदस्य गुरु बरालले बिशेष महाधिबेशनको नाममा काठमाडौँमा गरिएको भेला पछि नेपाली काँग्रेस कम्जोर बन्दै गएको बताउंदै बिशेष महाधिबेशनकै कारण गत निर्बाचनमा नेपाली काँग्रेसका नेताहरु सहित पार्टीले लज्जास्पद हार व्यहोर्नुपरेको बताए।

उनले अब पार्टीको नियमित १५ औं महाधिबेशन पछि पार्टीले उठाउने बिभिन्न एजेन्डाका कारण नेपाली हाल कमजोर जस्तो देखिएको नेपाली काँग्रेस बलियो बन्ने र नागरिकले बिश्वास र भरोसा गर्न मिल्ने पार्टीको रुपमा स्थापित हुने बताए। कार्यक्रमको संचालन पार्टीको अधिबेशन तयारी समितिका सचिब सुरेन्द्रनाथ शर्माले गरेका थिए।

१३ कार्तिक २०८३, शुक्रबार १५:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा