Play

गरिमा विकास बैंक: शेयरधनीलाई बिस प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभाबाट पारित

गुरुकुल खबर


पोखरा, गरिमा विकास बैंक लिमिटेडको पोखरामा सोमबार सम्पन्न २० औँ वार्षिक साधारण सभाले संस्थाका सेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  सभाले सेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ। हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा रहेको जनाइएको छ ।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात पनि पारित गरेको छ । यसैगरी सोही आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र इक्विटीमा भएको परिवर्तन लगायतका अनुसूचीहरू पनि सभाबाट स्वीकृत भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव आचार्यले गुरुकुल खबरलाई जानकारी दिए ।

सभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसमेत पारित गरेको छ । आइएसओ ९००१ः२०१५ र आइएसओ २७००१ः२०२२ मान्यता प्राप्त गरिमा बिकास बैंकले देशभर रहेका १२६ शाखा कार्यालय, ५१ एटिएम र आधुनिक डिजिटल बैंकिङ मार्फत आंफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ । बैंकले ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।

२७ आश्विन २०८३, मंगलवार ०७:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा