काठमाडौँ, नेपाली कांग्रेसको काठमाडौँमा सम्पना महाधिबेशनबाट पार्टीको महामन्त्रीमा खुला तर्फबाट प्रदीप पौडेल र उदयशम्शेर राणा एबम महिला तर्फको महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएका छन् । खुला महामन्त्री तर्फ बिजयी पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाएका थिए भने अन्य प्रत्यासीहरु डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् । यसैगरी, महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका थिए ।
महामन्त्रीमा निर्बाचित पौडेल गत पुषमा सम्पन्न पार्टीको बिशेष महाधिबेशनबाट पनि महामन्त्री बनेका थिए पार्टीको १४ औं महाधिबेशनमा पनि महामन्त्रीमा प्रतिष्पर्धा गरेका उनि गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बन्दा पराजित भएपनि सभापति शेरबहादुर देउवाले उनलाई समेत केन्द्रीय सदस्य मनोनित गरेका थिए । यसपटक उनलाई महामन्त्रीको रुपमा हेरिएको थियो उनि नेपाल सरकारको स्वास्थ्यमन्त्री बनेर पनि काम गरिसकेका छन ।
यसपटक अर्को महामन्त्रीमा निर्बाचित राणा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । अहिले १५ औँ महाधिवेशनमा एक खुट्किलो माथि उक्लिँदै महामन्त्रीको प्रतिस्पर्धामा सफल भएका हुन् । उनले २,३३० मत ल्याए । महामन्त्रीमा नैनसिंह महर, डा. सुनिल शर्मा, शंकर तिवारी, गुरुराज घिमिरे, अमरसिंह पुन र डा. सन्तोष उपाध्यायलाई पछि पार्दै उनी महामन्त्रीमा निर्वाचित भएका हुन् ।
राणा २०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित राणाले कांग्रेसको युवा संस्था तरुण दलको अध्यक्ष एबम नेपाल सरकारको अर्थ राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन । राणा ललितपुर–१ बाट दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । २०७० र २०७९ को निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएको बेलामा अर्थराज्यमन्त्री बनेका थिए । उनले अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेको बताइएको छ ।
यसैगरी महिला तर्फको महामन्त्रीमा निर्बाचित डा डिला संग्रौला नेपाल महिला संघको केन्द्रीय सभापति रहेर काम गरिसकेकी छन । बिगतमा देउवा समुहसंग निकट रहेकी संग्रौला अघिल्लो महाधिबेशनबाट पार्टीको केन्द्रिय सदस्य बनेकी थिईन । पार्टीको बिशेष महाधिबेशनमा गगन थापाको समुहमा जोडिएर सहमहामन्त्री बनेकी उनले यस अगाडी सहमहामन्त्री रहिसकेकी महालक्ष्मी उपाध्याय डिनालाई प्रतिष्पर्धामा पछाडी पार्न सफल भईन । लामो समयदेखि देउवा समुहमा रहेर बिभिन्न मन्त्रलायको जिम्मेवारी समेत सम्हालिसकेकी उनि १५ औं महाधिबेशनको केहि दिन अगाडी देउवा समूह छोडेर गगन थापाको समुहमा जोडिएकी थिईन ।













