Play

पोखराको कालिकामा भएको बस दुर्घटनाका पांच मृतकको पहिचान खुल्यो (मृतक र घाइतेको नाम सहित)

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरा महानगरपालिका-२८ मा आज शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा परि मृत्यु हुनेमध्ये तीनजनाको पहिचान खुलेको छ । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुने चारजना बिधार्थीहरु रहेकोमा अन्दाजी १४/१५ बर्षकी ममता तिवारी, सोही उमेर समुहका अशिम कँडेल, शुभेक्षा तिवारी, रोनिका नेपाली र बसमा सवार पोखरा–२८ बस्ने  अन्दाजी ५६ वर्षीय बाबुराम तिवारी रहेको बुझिएको छ ।

दुर्घटनामा परेर घाइते भएका र पस्चिमान्चल क्षेत्रिय अस्पतालमा उपचार गराइरहेकाहरुमा सोनिया तिवारी, स्नेहा खत्री, अंकित पराजुली, स्नेहा तिवारी, स्मृति खत्री, सुप्रिया आचार्य, मेरिना तिवारी, आकृति बुढाथोकी, तुलबहादुर गुरुङ लगायत रहेको अस्पतालमा मनोहरी पौडेलले जानकारी दिए ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसमा १९ जना सवार सबैजना कक्षा–१० का विद्यार्थी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जानकारी दिए ।

बसमा रहेका बिधार्थीहरु कक्षा १० मा अध्ययन गर्ने रहेको र उनीहरु परीक्षाको तयारीको लागि ट्युसन कक्षाको लागि बिहान घरबाट बसले स्कुलमा ल्याउँदै गरेको अबस्थामा बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको थियो । बसमा ओख्ले र माझठान क्षेत्रका बिधार्थीहरु रहेको स्थानीय बासिन्दा एबम नेपाली काँग्रेसका नेता बिकास गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

स्थानीय कालिका बोर्डिंग स्कुलमा अध्ययनरत बिधार्थीहरु बोकेको बस ओख्ले र शान्ती मैदानको बिचमा पर्ने सडकबाट भिरमा खसेर दुर्घटना भएको बुझिएको छ।  उक्त दुर्घटना पछि घाइते र मृतकका आफन्तको भिड लाग्नुको साथै हस्पिटल परिसरमा रुवाबासी चलेको छ।

घाइतेहरुको विवरण ..

२३ आश्विन २०८३, शुक्रबार ११:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा