Play

कास्कीका चालिसेको उपसभापतिको उमेदवारी फिर्ता, सभापति थापाको आग्रहमा फिर्ता लिएको भनाई

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनमा खुला तर्फको उपसभापति पदमा उम्मेदवारी दिएका कास्कीका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

केहीबेर अघिमात्रै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् । मंगलवार उनले खुला तर्फको उपसभापति पदमा उम्मेदवारी दिएका थिए ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनका क्रममा शेखर कोइरालाको समूह छोडेर गगन थापाको समुहमा जोडिएका चालिसे बिशेष महाधिबेशन पछि पार्टीको प्रवक्ता चुनिएका थिए ।

उनले महाधिबेशन अगाडी आँफु पार्टीको महामन्त्री वा उपसभापति पदमा चुनाब लड्ने भन्दै जिल्लाका कार्यकर्ताहरुलाई आंफ्नो पक्षमा लाग्न आग्रह गरेको थिए । तर उनले मतदान हुनु अगावै आंफ्नो उमेदवारी फिर्ता गरेका छन ।

२१ आश्विन २०८३, बुधबार १६:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा