Play

कास्कीका तिमिल्सिना र पण्डितले युरोप क्षेत्रबाट कांग्रेसको केन्द्रीय सदस्यमा उमेदवारी दिने

गुरुकुल खबर


पोखरा, नेपाल बाहिर बस्दै आएका कास्कीका केहि कांग्रेस नेताले पनि नेपाली कांग्रेसको १५ औं महाधिबेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने भएका छन। लामो समयदेखि बेल्जियममा बस्दै आएका पूर्ण तिमिल्सिना र बेलायतमा बस्दै आएका बिश्वआदर्श पण्डितले पार्टीको केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका छन।

तिमिल्सिना र पण्डित दुवैजना कास्की जिल्लाका हुन। उनीहरु दुबैले युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य पदमा उमेदवारी दिने घोषणा गर्दै सामाजिक संजालबाट प्रचार प्रसार शुरु गरिसकेका छन। तिमिल्सिना नेविसंघ कास्कीका पुर्व अध्यक्ष एबम नेपाली जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष समेत हुन् भने पण्डित पनि नेपाली जनसम्पर्क समिति बेलायत एबम विश्व संजालका नेता हुन।

तिमिल्सिनाले गुरुकुल खबरसंग कुरा गर्दै देश बिदेशका साथीहरुले दिएको सुझाब अनुरुप आंफुले केन्द्रीय सदस्प पदमा उमेदवारी दिने निर्णयमा पुगेको बताए। ‘मैले पार्टी भित्र पुस्तान्तरण र रुपान्तरणको मुद्धा उठाउँदै आएको छु र बेल्जियममा बसेपनि हरेक चुनाबताका नेपालमा आएर कांग्रेसका उमेदवारलाई जिताउने अभियानमा सरिक भएको छु। तसर्थ यस महाधिबेशनमा पार्टीको बिधान अनुरुप केन्द्रीय सदस्यको उमेदवार बन्दैछु।’ उनको भनाई थियो।

यसैगरी विश्वआदर्श पण्डितले आबश्यकता अनुसारको परामर्श र छलफल एबम साथिहरुसंगको परामर्शको आधारमा युरोप क्षेत्रबाट केन्द्रिय सदस्य पदमा उमेदवारी दिने जनाएका छन । शंकरदेव क्याम्पसका स्वतन्त्र बिधार्थी युनियनका पुर्व सभापति एबम नेविसंघका पुर्व कोषाध्यक्ष रहेका पण्डितले आंफुले केन्द्रीय सदस्य पदमा चुनाब लड्ने तयारी गरेको सामाजिक संजाल मार्फत व्यक्त गरेका छन ।

सम्बन्धित समाचार ..

कांग्रेस महाधिबेशन: गण्डकी प्रदेश र कास्की जिल्लाबाट केन्द्रीय पदाधिकारी र सदस्यमा को को बन्लान उमेदवार?

१९ आश्विन २०८३, सोमबार २३:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा