Play

एक दशकदेखि धर्मकाया बुद्ध मण्डलाको अध्यक्ष रहेकी गुरुङलाई फेरि पनि सोही जिम्मेवारी

गुरुकुल खबर


पोखरा, धर्मकाया बुद्ध मण्डलाका अध्यक्षमा पुनः रुद्रकुमारी गुरुङ“मैना” पोखरा, १७ असोज धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको ११ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पुनः रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। संस्थाको अध्यक्ष पदका लागि रुद्रकुमारी गुरुङ र राजबहादुर गुरुङ दुई जनाको उमेदवारी परेकोमा छलफलपछि राजबहादुर गुरुङले आंफ्नो उमेदवारी फिर्ता लिएको र रुद्रकुमारी गुरुङ निर्बिरोध अध्यक्ष बनेको बताइएको छ। उनि २०७२ सालदेखि संस्थाको अध्यक्षको जिम्मेवारीमा निरन्तर रहेकी छन।

संस्थाको उपाध्यक्षमा भरत राज शाक्य, सचिवमा पुर्ण लामा, सहसचिवमा हुमबहादुर गुरुङ, कोषाध्यक्षमा श्याम शाक्य, सदस्यहरुमा मेजर लक्ष्मीप्रसाद गुरुङ, पञ्चकुमारी गुरुङ, नरेन्द्रमान लालचन लगायत चयन भएको निर्वाचन समितिका संयोजक तथा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सल्लाहकार शंकर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए। संस्थाले पोखरा महानगरपालिका वडा नंं ११ स्थित काँहुडाडामा धार्मिक पर्यटनको केन्द्रको रुपमा बिस्तार गर्न बुद्ध मण्डला निर्माणको अभियान संचालन गरिरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सल्लाहकार गुरुङले धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको योजना, उद्धेश्य अति नै राम्रो भएता पनि पटक पटकको प्राविधिक र प्रसासनिक कार्यले देखिने काम हुन नसकेकोमा नयाँ कार्यसमितिले छिट्टै कार्य प्रारम्भका लागि जोड दिनुपर्ने आबश्यकता औंल्याए ।

साधारणसभा तथा अधिवेशनमा सचिव पुर्ण लामाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्याम शाक्य र सचिव पुर्ण लामाले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो। धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भरतराज शाक्य र संचालन सचिव पुर्ण लामाले गरेका थिए।

१७ आश्विन २०८३, शनिबार १८:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा