Play

कास्की -३ मा कांग्रेस अधिबेशन: मनोज गुरुङको गुट करिब बढारियो, शुक्रराज र युवराजको गुट बलियो

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र न. ३ मा सम्पन्न अधिबेशनबाट शुक्रराज शर्मा र युवराज कुँवर समेतको गुटका अधिकांश उमेदवारहरुले केन्द्रीय महाधिबेसन प्रतिनिधि पदमा बिजय प्राप्त गरेका छन। क्षेत्र न. ३ मा मनोज गुरुंगको गुटमा रहेका अधिकांशले पराजय भोग्नुपरेको मतगणनाको परिणामले देखाएको छ। मतगणनाको अन्तिम परिणाम आउन बांकी रहेपनि हालसम्मको परिणाम हेर्दा गुरुङले पनि आँफुले चुनाब जित्न अर्को गुटसंग केहि तालमेल गरेको हुनसक्ने आशंका पनि गरिएको छ। दुवैतर्फको गुटमा नपरेको भएपनि डा. कृष्ण प्रसाद पौडेल भने बिजयी भएका छन ।

हालसम्म खुला महिला तर्फको चार सिट र खुला १० सिटको मतगणना भएकोमा गुरुङको गुटमा रहेर उमेदवारी दिएकामध्ये महिला तर्फ १ जना पुनम भट्ट भट्टराई र खुला तर्फ उनि आँफै मात्र  (मनोज गुरुङ) बिजयी भएका छन अन्य बिजेताहरुमा महिला तर्फ सिता अधिकारी, हिरा भट्टराई र पवित्रा थापा बिजयी भएका छन।

खुल्ला १० जना तर्फ युवराज कुँवर र मनोज गुरुङ सहित शुक्रराज शर्मा, खिमलाल बाँस्तोला, आइन्दल गुरुङ, शंकर ढुंगाना, मिनबहादुर गुरुङ, भरतबहादुर अधिकारी, डा. कृष्णप्रसाद पौडेल र जीवनाथ पौडेल बिजयी भएको मतगणनाको परिणामले देखाएको छ। बिजयी हुने मनोज गुरुङ मात्र शुक्रराज / युवराज गुट बाहिरका हुन भने डा. कृष्ण पौडेल कुनै गुटमा परेका थिएनन।

शुक्रराज / युवराजको गुटमा परेका खुला तर्फका रामचन्द्र त्रिपाठी र पुष्पेन्द्र पाण्डेमात्र पराजित भएका छन भने  महिला तर्फ कमलाबिन्दु बराल मात्र महाधिबेशन प्रतिनिधिमा पराजित बनेकी छन। विजेताहरुको अहिले सम्मको परिणाम हेर्दा अन्य महाधिबेशन प्रतिनिधिमा पनि गुरुङको गुटका अधिकांशले चुनाब जित्न नसक्ने अनुमान गरिएको छ।

मनोज गुरुङले बनाएको गुटमा महिला खुला तर्फ शारदा पौडेल, मिना पाण्डे, पुनम भट्ट भट्टराई र बन्दना पराजुली रहेका थिए भने खुला महाधिबेशन तर्फ मनोज गुरुङ सहित दिपक गुरुङ, दिवसमान प्रधानांग, अर्जुन प्रसाद पौडेल, बिरेन्द्र गुरुङ, भरत कुमार गुरुङ र उमेशराज पराजुली, नबिन गुरुङ, रामप्रसाद अधिकारी रामजी र जिबन प्रसाद बाँस्तोला रहेका थिए ।

अन्य क्लस्टरको महाधिबेशन प्रतिनिधि सहित क्षेत्रिय कार्यसमितिको मतगणना जारी रहेको र गणना हुन बाँकी रहेका मतपेटिकामा समेत माथिका महाधिबेशन प्रतिनिधिको मतपत्र रहेको आशंकामा निर्बाचन समितिले औपचारिक रुपमा उनीहरुलाई बिजेता घोषणा गर्न भने सकेको छैन।

हालसम्म सार्बजनिक मतगणनाको विवरण यस्तो छ .
महाधिवेशन प्रतिनिधि (महिला तर्फ)

१. सिता अधिकारी ४५३
२. पुनम भट्ट भट्टराई ४२६
३. हिरा भट्टराई ४२२
४. पवित्रा थापा ४००
५. कमला बिन्दु बराल ३८४
६. शारदा पौडेल ३२८
७. वन्दना पराजुली २६७
८. मिना कुमारी पाण्डे २३९
९. प्रभा सुवेदी १९५
१०. कमला बस्नेत १४२

महाधिवेशन प्रतिनिधि (खुल्ला तर्फ)
१. युवराज कुँवर ५५८
२. मनोज गुरुङ ५५३
३. खिमलाल बास्तोला ५२५
४. आइन्देल गुरुङ ४५५
५. मिन बहादुर गुरुङ ४५४
६. शुक्रराज शर्मा ४३६
७. शंकर ढुङ्गाना ४२८
८. डा. कृष्ण प्रसाद पौडेल ३७७
९. भरतबहादुर अधिकारी ३७२
१०. जीवननाथ पौडेल ३६६
११. रामचन्द्र त्रिपाठी ३६३
१२. विरेन्द्र गुरुङ ३६२
१३. दिपक गुरुङ ३४६
१४. पुष्पेन्द्र पाण्डे ३२८
१५. नवीन गुरुङ ३१८
१६. भरत कुमार गुरुङ ३१०
१७. जीवन प्रसाद बास्तोला २७७
१८. दिवसमान प्रधानाङ्ग २६१
१९. रामप्रसाद(रामजी)अधिकारी २११
२०. उमेश पराजुली १९८
२१. मौसम कार्की १८३
२२. अर्जुन पौडेल १८०
२३. कविराज पहारी ८४

१७ आश्विन २०८३, शनिबार ०९:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा