पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र न. ३ मा सम्पन्न अधिबेशनबाट शुक्रराज शर्मा र युवराज कुँवर समेतको गुटका अधिकांश उमेदवारहरुले केन्द्रीय महाधिबेसन प्रतिनिधि पदमा बिजय प्राप्त गरेका छन। क्षेत्र न. ३ मा मनोज गुरुंगको गुटमा रहेका अधिकांशले पराजय भोग्नुपरेको मतगणनाको परिणामले देखाएको छ। मतगणनाको अन्तिम परिणाम आउन बांकी रहेपनि हालसम्मको परिणाम हेर्दा गुरुङले पनि आँफुले चुनाब जित्न अर्को गुटसंग केहि तालमेल गरेको हुनसक्ने आशंका पनि गरिएको छ। दुवैतर्फको गुटमा नपरेको भएपनि डा. कृष्ण प्रसाद पौडेल भने बिजयी भएका छन ।
हालसम्म खुला महिला तर्फको चार सिट र खुला १० सिटको मतगणना भएकोमा गुरुङको गुटमा रहेर उमेदवारी दिएकामध्ये महिला तर्फ १ जना पुनम भट्ट भट्टराई र खुला तर्फ उनि आँफै मात्र (मनोज गुरुङ) बिजयी भएका छन अन्य बिजेताहरुमा महिला तर्फ सिता अधिकारी, हिरा भट्टराई र पवित्रा थापा बिजयी भएका छन।
खुल्ला १० जना तर्फ युवराज कुँवर र मनोज गुरुङ सहित शुक्रराज शर्मा, खिमलाल बाँस्तोला, आइन्दल गुरुङ, शंकर ढुंगाना, मिनबहादुर गुरुङ, भरतबहादुर अधिकारी, डा. कृष्णप्रसाद पौडेल र जीवनाथ पौडेल बिजयी भएको मतगणनाको परिणामले देखाएको छ। बिजयी हुने मनोज गुरुङ मात्र शुक्रराज / युवराज गुट बाहिरका हुन भने डा. कृष्ण पौडेल कुनै गुटमा परेका थिएनन।
शुक्रराज / युवराजको गुटमा परेका खुला तर्फका रामचन्द्र त्रिपाठी र पुष्पेन्द्र पाण्डेमात्र पराजित भएका छन भने महिला तर्फ कमलाबिन्दु बराल मात्र महाधिबेशन प्रतिनिधिमा पराजित बनेकी छन। विजेताहरुको अहिले सम्मको परिणाम हेर्दा अन्य महाधिबेशन प्रतिनिधिमा पनि गुरुङको गुटका अधिकांशले चुनाब जित्न नसक्ने अनुमान गरिएको छ।
मनोज गुरुङले बनाएको गुटमा महिला खुला तर्फ शारदा पौडेल, मिना पाण्डे, पुनम भट्ट भट्टराई र बन्दना पराजुली रहेका थिए भने खुला महाधिबेशन तर्फ मनोज गुरुङ सहित दिपक गुरुङ,दिवसमान प्रधानांग, अर्जुन प्रसाद पौडेल, बिरेन्द्र गुरुङ, भरत कुमार गुरुङ र उमेशराज पराजुली, नबिन गुरुङ, रामप्रसाद अधिकारी रामजी र जिबन प्रसाद बाँस्तोला रहेका थिए ।
अन्य क्लस्टरको महाधिबेशन प्रतिनिधि सहित क्षेत्रिय कार्यसमितिको मतगणना जारी रहेको र गणना हुन बाँकी रहेका मतपेटिकामा समेत माथिका महाधिबेशन प्रतिनिधिको मतपत्र रहेको आशंकामा निर्बाचन समितिले औपचारिक रुपमा उनीहरुलाई बिजेता घोषणा गर्न भने सकेको छैन।
हालसम्म सार्बजनिक मतगणनाको विवरण यस्तो छ .













