Play

कास्कीमा कांग्रेसको अधिबेशन: कास्की -१ को प्रदेश ख को सभापतिमा अर्जुन गुरुङ बिजयी

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस कास्की -१ को प्रदेश ख को सभापतिमा अर्जुन गुरुङ निर्बाचित भएका छन। अर्जुनले आफ्ना प्रतिद्वन्दी याम गुरुङलाई फराकिलो मतान्तरमा पराजित गरेका थिए। अर्जुनले ३१२ मत पाउँदा यामले अ६२ मत मात्र पाएका थिए।

उनले यस अगाडी कांग्रेसको १४ औं महाधिबेशनमा पनि सोहि पदमा प्रतिष्पर्धा गरेकोमा कृष्ण कोइरालासंग पराजित हुनुपरेको थियो । अर्जुन नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको पुर्व सदस्य पनि हुन्।

प्रदेशको उपसभापति पदमा लोकप्रसाद गुरुङले हुमनाथ अधिकारीलाई १ मतको अन्तरमा पराजित गरेका छन। गुरुङले २३३ मत पाउँदा अधिकारीले २३२ मत मात्र पाएका थिए ।

यसैगरी सचिबमा किरण अधिकारीले २९६ मत पाएर बिजयी हुँदा उनका प्रतिद्वन्दी दुर्गे परियारले १३७ मत मात्र पाएका थिए । प्रदेश कार्य समितिको अन्य पदमा भने निर्बिरोध भएको थियो ।

उक्त निर्बाचन क्षेत्रको प्रदेश क मा भने नरेन्द्र थापा निर्बिरोध निर्बाचित भएका छन त्यस प्रदेशमा ध्रुब नेउपाने, मुराहरी कोइराला लगायत ४ जनाले प्रदेश सभापति बन्ने चाहना राखेको भएपनि बिभिन्न कारण देखाउंदै कृष्ण केसी र दिपक माइलाको पहलमा नरेन्द्रलाई निर्बिरोध बनाइएको बताइएको छ।

१६ आश्विन २०८३, शुक्रबार ००:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा