Play

म्याग्दीको बेनी बजार पछाडी पहिरो: १२ घरमा क्षती, पहिरोका कारण करिब १०० घर जोखिममा

गुरुकुल खबर


पोखरा, म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोका कारण स्थानीय १२ घरमा क्षति पुगेको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी नगरपालिका–८ को न्युरोडमा खोरियाको पाखोबाट पहिरो खसेर १२ वटा घरमा क्षति पुगेको हो । बुधबार दिउँसोदेखि बिहिबार बिहानसम्म तीन पटक पहिरो खसेको छ । पाखोमा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै खसेको पहिरोबाट ति घरमा क्षती पुगेको हो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार ६ वटा घरभित्र पहिरोसँगैको लेदो पसेर बस्न नमिल्ने भएको र अन्य ६ घरमा आशिंक क्षति पुगेको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको र थप क्षति हुन नदिनका लागि प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काम भैरहेको उनले जानकारी दिए ।

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताए अनुसार पछिल्लो चार दिनयता पहिरोले जमिन चिरा पार्ने क्रम बढेकामा बुधबार देखि पहिरो खस्न थालेको हो । उनले करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइमा खरबारी चिराचिरा परेर फुटेको र“पाखाका रूखहरू लडेका बताए ।

‘पानीको मुहान भएको ठाउँबाट सुरु भएको पहिरोले तल र माथि दुवैतर्फ असर गरेको छ । बेनी बजारमा खानेपानी आपूर्ति गराउने मुख्य पाइपलाइन पनि चुँडिएका र ठाउँठाउँमा भाँचिएका छन्’ उनले भने । बेनीको न्युरोडका बासिन्दाहरु पहिरोको आवाज आएसंगै गएराति नै घर छाडेर सुरक्षित स्थानमा बसेका थिए ।

कृषि विकास बैङ्क र ग्लोवल आइएमई बैङ्कको शाखा कार्यालयका महत्वपूर्ण सामग्री र कागजपत्र पनि सुरक्षित ठाउँमा सारिएको थियो। बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र सुरक्षाकर्मीहरुको टोलीले पहिरोको जोखिममा रहेका घरभित्रबाट सामान सार्ने क्रम चलेको थियो।पहिरोको त्रासका कारण न्युरोडबासी रातभर जाग्राम बसेका स्थानीय चिरञ्जिवी शर्माले बताए । पहिरो प्रभावित घरका डेरामा बस्नेहरूलाई खानाको व्यवस्था मिलाइएको थियो

यो पहिरोले बेनीको न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घरलाई प्रभावित बनाउने जोखिम छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययनका लागि तत्काल भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताए ।

१५ आश्विन २०८३, बिहीबार १९:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा