Play

नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

गुरुकुल खबर


विराटनगर, नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय निर्वाचनका क्रममा आफ्ना कार्यकर्ता माथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेकी छिन् ।

कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु सामुदायिक भवन, बाँसबारीमा क्षेत्रीय सभापति देवराज तामाङले निर्धारित गरेको निर्वाचन स्थलमा कार्यक्रम सुरु हुनुअघि नै मादक पदार्थ सेवन गरी हातहतियारसहित आएका केही उच्छृङ्खल व्यक्तिहरूले आक्रमण गरेको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आफूसहित क्षेत्रीय सभापतिका उम्मेदवारहरू चुमनारायण तवदार, चेतराज रेग्मी तथा जेन्जी युवा समुन्द्र पोखरेल लगायत उम्मेदवारी दर्ताका लागि उपस्थित व्यक्तिहरूमाथि आक्रमण भएको र केही कार्यकर्ताहरू गम्भीर घाइते भएको डा. संग्रौलाले बताइन् । उनले घाइते कार्यकर्ता हरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक व्यवस्थामा अराजकता, अनुशासनहीनता र हिंसाका लागि कुनै स्थान नहुने स्पष्ट पारिन्।

उनले यस्ता अराजक र हिंसात्मक गतिविधिमा संलग्न तथा उक्साउने क्षेत्रीय सभापति देवराज तामाङलगायत सम्बद्ध व्यक्तिहरूमाथि आवश्यक छानबिन गरी प्रचलित कानुन र पार्टी विधानबमोजिम कडा कारबाही गर्न माग पनि गरिन । साथै, निर्वाचनका लागि वैकल्पिक व्यवस्था गर्न र स्थगित निर्वाचन प्रक्रियालाई यथाशीघ्र सुचारु गर्न पार्टी सभापति तथा केन्द्रीय निर्वाचन समितिसमक्ष डा. संग्रौलाले अपिल गरेकी छन ।

१४ आश्विन २०८३, बुधबार २०:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा