Play

कास्की -२ मा कांग्रेसको अधिबेशनमा नक्कली मतपत्र र मतदाता: निष्पक्ष छानबिन गर्न उमेदवारको माग

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ को निर्वाचनलाई लिएर बिबाद बढेको छ। अबैध तरिकाले निर्बाचन अधिकृतको हस्ताक्षर समेत नभएका ३२ वटाभन्दा बढी मतपत्रको आधारमा मतगणनाको परिणाम सार्बजनिक गरेर केहीलाई बिजयी र केहीलाई पराजित घोषणा गरिएको भन्दै पराजित घोषणा गरिएका केहि उमेदवारले निष्पक्ष छानबिनको माग गरेका छन।

उनीहरुले पोखरा बाहिर रहेका प्रतिनिधिको नामबाट समेत मत राखिएको भन्दै यथार्थ छानबिनको माग गरेका छन। क्षेत्रिय सभापतिका उमेदवार देवकृष्ण पराजुली, प्रदेश सभापतिका उमेदवारहरु दिपेन्द्र मर्सानी र अर्जुन पोखरेलले असोज १४ गते निर्वाचन अधिकृतलाई संयुक्त निवेदन दिँदै निष्पक्ष छानबिन गरेर मात्र मतगणना तथा परिणाम घोषणा गर्न आग्रह गरेका छन्।

यस अगाडी क्षेत्रिय सभापतिका अर्का उम्मेदवार सुबास सिग्देलले पनि निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ३२ भन्दा बढी मतपत्रलाई मान्यता दिने केन्द्रीय प्रवक्ता देवराज चालिसेको निर्णयप्रति असहमति जनाउँदै निर्वाचन नै रद्द गरी पुनः मतदान गराउन माग गरिसकेका छन्।प्रदेश सभापतिका अर्का उमेदवार सुबर्ण केसीले पनि परिवारवाद र अनेक चलखेल गर्दै मतदान र मतगणना गरिएको र त्यसको मतियार केन्द्रीय प्रबक्ता देवराज चालिसे बनेको आरोप लगाएका छन ।

असोज १२ र १३ गते भएको निर्वाचनमा व्यापक अनियमितता भएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका हुन्। निवेदनमा फर्जी मत खसालेको, ३२ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको र पोखरामा अनुपस्थित रहेका नेपाल अर्थात् गैरप्रतिनिधिहरूले समेत मतदान गरेको गम्भीर आरोप लगाइएको छ। उनीहरूले यी विषयको यथार्थ छानबिन नगरी मतगणना र परिणाम घोषणा नगर्न माग गरेका छन्।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पोखरामा सम्पन्न कास्की क्षेत्र नम्बर २ को निर्वाचनको अन्तिम परिणाम अनुसार क्षेत्रीय सभापति पदमा १४९ मत ल्याएर नवीन बराल निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुबास सिग्देलले १४२ मत, देवराज आचार्यले १३१ मत र देवकृष्ण पराजुलीले ९४ मत प्राप्त गरेका थिए। कुल ५५४ जना प्रतिनिधि रहेको यस क्षेत्रीय निर्वाचनमा ५४० मत खसेको थियो।

यस्तै प्रदेश सभा क्षेत्रतर्फ कास्की २ क को सभापतिमा भोजराज आचार्य १३२ मत ल्याएर विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी अर्जुन पोख्रेलले १२३ मत ल्याए। यस क्षेत्रमा कुल २५६ मत खसेको थियो। यस्तै कास्की २ ख को सभापति पदमा अमृत शर्मा तिमिल्सिना १४८ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी दिपेन्द्र मर्सानीले १०० मत र सुवर्ण केसीले ३३ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा कुल २८४ मत खसेको थियो।

१४ आश्विन २०८३, बुधबार १५:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा